इलाम, ८ मंसिरः माईभगवती बृद्धाश्रममा आश्रय लिईरहेका जेष्ठ नागरिकहरुले हेलिकप्टरबाट तिर्थस्थल पुगी पाथिभराको तिर्थयात्राका गरेका छन् । इलामका एक युवा समाजसेवीले सुमन श्रेष्ठले बृद्धाश्रममा आश्रित ८ जना बृद्धबृद्धा सहित ११ जनालाई ताप्लेजुङस्थित प्रसिद्ध तिर्थस्थल पाथिभराको दर्शन गर्ने अवसर जुराएका हुन् । उनीहरुले आज विहान ताप्लेजुङस्थित सुकेटार विमानस्थलबाट चार्टर्ड हेलिकोप्टरमा चढेर धाम पुगी दर्शन गर्ने अवसर पाएका हुन् । इलाम नगरपालिका वडा नं.२ निवासी युवा व्यवसायी सुमन श्रेष्ठले बृद्धाश्रममा आश्रित ११ जना जेष्ठ नागरिक र उनीहरुको स्याहार सुसार तथा सहयोग गर्ने सहयोगी समेतलाई पाथिभरा दर्शन गर्ने व्यवस्था मिलाएका हुन् । पाथिभरा दर्शनाबट फर्किएपछि जेष्ठ नागरिकहरु हर्षित भएका छन् । जेष्ठ नागरिकहरुलाई कुनै न कुनै दिन पाथिभरा मन्दिरको दर्शनमा लैजाने केहि बर्ष अघि वचन दिएका सुमनले मंगलबार बिहानै पाथिभरा लैजाने भनेको सुन्दा मनमा सीमाविहिन हर्ष छाएको एघार वर्षदेखि आश्रममा बस्दै आएकी वर्ष ७८ की देवकुमारी घिमिरेले बताएकी थिइन् । यो जुनीमा पाथिभरा जाने कल्पना पनि नगरेका बृद्धबृद्धा दर्शन गरेर फर्किएपछि सुमनलाई आर्शिवाद दिदै नसोचेको सोच पुरा गरिदिएको प्रतिक्रिया दिए ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment