मंगलबारेबासीको प्रश्न ? कहिले उठाइन्छ बजारको फोहोर

मनिषा चम्लगाई

मंगलबारे, ८ मंसिर ः इलाम जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित व्यापारीक केन्द्र देउमाई नगरपालिका भएको दुइवर्ष बितिसक्न लाग्दा पनि फोहोरको सही व्यवस्थापन हुन सकेको छैन । नगरपालिका भएपछि जति विकास हुन्छ भन्ने आशा गरेका थिए त्यहाँका बासिन्दाले तर विकास भन्दा पनि बजार क्षेत्रमा दुुर्गन्ध बढेर हैरान छन् स्थानीय जनता । नगरपालिकाले डम्पिङ्ग साइड (फोहोर फाल्ने ठाउँ)को लागि पहल नगरेको होइन तर अहिले सम्म पनि कुनै निचोड निकाल्न सकेको छैन । 
सर्वदलीय भेला गरी नगरपालिकाले धुुसेनीमा रहेको भगवती माविको छेउमा रहेको पहिरोमा फोहोर फयाक्ने निर्णय त ग¥यो तर किराँत याक्थुङको पौराणिक स्थल भएको र समन्वय नभइ गरेको निणर्य भन्दै स्थानीयबासीले विरोध गरेर सो ठाउँमा फोहोर फाल्न मनाही छ यतिबेला । बजार क्षेत्रमा हिँड्ने जो कोही पनि नाक नथुनी हिँड्न सक्ने अवस्था नरहेको स्थानीयबासी बताउँछन् । फोहोर फाल्ने ठाउँको उचित ब्यवस्था नहुँदा कहिलेकाही बजार बिचमा नै फोहोर डढाउने गरिएको छ । 
स्थानीय व्यापारी नरेश मुखिया भन्छन्– ‘पसल छेउमा ल्याएर बजारबासीले फोहोर डढाउँदा त्यहाँँको असर मैले भोग्नु परेको छ ।’ मासु पसल भएको कारण त्यो फोहोरले गर्दा ग्राहक नै कमी भएको उनको गुनासो छ । उनले नगरपालिकासँग प्रश्न गर्दै भने कहिले उठाइन्छ फोहोर ? दुुर्गन्धका कारण स्थानीय रोग फैलन सक्ने भन्दै त्रसित समेत बनेका छन् । स्थानीयबासी चेत प्रसाद घिमिरेले भने– ‘फोहोर फ्याँक्ने ठाउँ मेरै घर अगाडी हो कि भन्ने लाग्न थाल्यो’ उनले थपे– ‘मैले धेरै पटक भने नगरपालिकाले व्यवस्था नगरे सम्म फोहोर आफ्नै घर घरमा राखौँ भनेर तर कसैले सुनेनन् ।’ उनले नगरपालिका प्रति यसरी प्रश्न तेर्सियाए–‘नगरपालिका र यहाँका राजनैतिक दलका प्रतिनिधी अहिले के गर्दै छन् ?’ फोहोर नउठेकै विषयमा राजनीतिज्ञ भिमलाल खनाल भन्छन्– ‘अब चाँडै नै मिटिङ् बसेर निणर्य गरिने छ, कमजोरी सबैको भएको हो ।’ देउमाई नगरपालिकाका इन्जिनियर प्रतिक दवाडीले नगरपालिकाले कार्ययोजना बनाएको बताए । उनले चियाबारी दैनिकलाई यसरी बताए ‘जुुन ठाउँमा लगानी भयो भन्दैमा त्यहाँ लगेर फोहोर फ्याल्न सकिदैन ।’ नगरपालिकामा कार्यालय प्रमुख कार्यक्रम अधिकृतको सरुवाको कारण र कर्मचारी अभावले गर्दा नगरपालिकाले योजना अगाडी बढाउन नसकेको उनको भनाई छ । दवाडीले भने ‘यसको सही निचोड हामी चाँडै निकाल्ने छौँ ।’ फोहोर फ्याक्न नपाएकै कारण आज सम्पूर्ण बजारबासीको घर घरमा फोहोर थुप्रिएको उनले स्वीकारे । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment