इलाममा फिजिकल क्यास अभाव, आजबाट समाधान हुन्छः नेपाल बैंक

इलाम, ८ मंसिरः राष्ट्रिय सहकारी बैङ्क इलाम शाखामा दुई लाख रुपैयाँको चेक साट्न पुगेका इलामका एक सहकारी संस्थाका व्यवस्थापक खातामा भएको पैसा नसाटिने बताएपछि बुधबार रित्तै फर्किए । बुधबार बिहान इलामका वाणिज्य बैङ्कहरुमा १० लाखको चेक सटही गर्न फोनबाट बुझ्दा ग्राहकलाई बैङ्कले नगद दिन सक्ने थोरै वित्तीय संस्थाहरुले मात्र सक्षमता भएको बताए ।
 विभिन्न बैङ्कहरुबाट चेकलाई नगदमा परिणत गर्न नसक्नेमा व्यापारीहरु, शिक्षकहरु, एनजिओहरु तथा बैङ्कका अन्य क्लाइण्टहरु थिए । ठूलो कारोबार गर्ने सहकारी संस्थाहरुले अझ ठूलो झण्झट व्यहोर्नुप¥यो । ऋणी सदस्य र बचत फिर्ता माग्ने सदस्यलाई सहकारीले नगद दिन नसकेको आदर्श बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक याम प्रधानले बताए । बाहिरबाट रेमिट्न्सको रुपमा आएको रकम समेत ग्राहकलाई दिन नसकेको उनले जानकारी दिए ।
इलामका ठूला कारोबार भएका बैङ्कहरुले ठूला ऋणीहरुको स्विकृत भएको रकम ऋणीको खातामा त ट्रान्सफर त ग¥यो तर नगदमा रकम ऋणीहरुलाई दिन सकेन । दुई दिन यता इलामका प्राय सबै वाणिज्य बैङ्क, ख वर्गका बैङ्कहरु, फाइनान्स तथा घ वर्गका बैङ्कहरुमा फिजिकल क्यास अभाव थियो । सानो कारोबार गर्ने बैङ्कहरुसँग नगद मौज्दात भएका कारण विगतका तीन दिन उति साह्रो सास्ती ब्यहोर्नु परेन । डिष्ट्रिक सोल्र्जर्स बोर्डमा भारतीय गोर्खा पेन्सनरहरुका लागि क्याम्प सञ्चालन गरेका कारणले विगतका ३ दिनमा इलामको एसबीआई बैङ्कबाट मात्र ८ करोड भन्दा बढी नगदनै पेन्सनरहरुले झिके । त्यसको प्रत्यक्ष असर इलामका अन्य बैङ्कमा पनि प¥यो । इलाममा नगद अभाव हुनुको मुख्य कारणनै त्यही बन्यो । फिजिकल क्यास अभावका कारण सहकारी बैङ्कले बुधबारका लागि चेक सटहीमा ५० हजारको लिमिटनै तोक्नुपरेको शाखा प्रबन्धक उपेन्द्र दहालले बताए ।
पेन्सनरहरुका कारण नेपाल एसवीआई बैङ्कले फिजिकल क्यास अभावलाई व्यवस्थापन गर्न झापामा भएको आफ्नो बैङ्कको सहयोगमा क्यासनै ल्याएर बुधबार काम चलाएको श्रोतले बताएको छ । नेपाल राष्ट्र बैङ्क बिराटनगरले तोकिएको समयमा नगद इलामस्थित नेपाल बैङ्क लिमिटेडलाई दिन नसक्नु अर्को नगद अभावको प्रमुख कारण बन्यो । आइतबारनै नेपाल राष्ट्र बैङ्क बिराटनगरले नेपाल बैङ्क लिमिटेड इलामलाई नगद ल्याइदिनु पर्नेमा बुधबार दिउसोको बैङ्किङ कारोबारको समयसम्म पनि नगद डेलीभर गर्न सकेन ।
 नेपाल बैङ्क इलामका निमित्त शाखा प्रबन्धक कृष्णबहादुर नेपालका अनुसार बुधबार दिउसोमात्र नेपाल बैङ्क इलाममा नगद डेलीभर भयो । चियाबारी दैनिकसँग कुरा गर्दै निमित्त शाखा प्रबन्धक नेपालले भने, ‘हामीकहाँ नगद आइपुगिसकेको छ, भोली देखि नगद अभावको समस्या समाधान हुनेछ ।’

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment