नयाँबजार, ७ मंसिर : इलामको नयाँबजारमा वर्षेनी लाग्दै आएको बालाचर्तुदशी मेला मंगलबारबाट शुरु भएको छ । नयाँबजारलाई धार्मिक पर्यटकीय गन्तब्यका रुपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको मेला मंसीर ७ गतेबाट २१ गते सम्म संचालन हुनेछ । मेला अवधिभर नयाँबजारमा रहेको बालागुरुको समाधीस्थल, शिव मन्दिर, स्थानीय गुम्बा दर्शन र उत्तरे पोखरी सम्मको पदयात्रा लगायतका कार्यक्रम राखिएको छ । विगतका वर्षहरुमा २ दिन संचालन हुँदै आएको मेला यो वर्ष १५ दिन संचालन गर्न लागिएको आयोजक समितिका अध्यक्ष आङपासाङ शेर्पाले जानकारी दिए । मेलालाई भब्य बनाउन १५ दिन सम्म रमाईला खेलहरु सहित मिनी मेला समेत संचालन गरिएकोे छ । मेलामा पूर्वका कलाकारको प्रस्तुति सहित स्थानीय जातजातीका झाँकी समेत देखाईने आयोजकले जानकारी दिएको छ । मंसिर १३ गते स्थानीय शिव मन्दिरमा शतबीज छर्ने कार्यक्रम रहेको छ । स्थानीय स्तरको पर्यटन विकासका लागि मेलाले सहयोग पुग्ने आयोजक समितिका सदस्या तारा अधिकारीले बताए । आयोजकले जति सक्दो बढी पर्यटक भित्रियाउनका लागि प्रचार प्रसार गरिरहेकोे छ । चर्तुदशी मेलामा इलाम, झापा र भारतका विभिन्न ठाउँका ब्यापारीको समेत भिड लाग्ने गरेको छ । नयाँबजारमा प्रशस्त पर्यटकीय सम्भावना भए पनि विकास निर्माणमा पछि परेकाले पर्यटकीय क्षेत्र समेत ओझेल पर्दै आएका छन् ।
Subscribe to:
Post Comments
(
Atom
)

0 comments:
Post a Comment