झापा, ७ मंसिर । झापाको सुरुङ्गामा जारी सहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगितामा मंगलबार भएको खेलमा लक्ष्मी हुन्डाइ मनाङ मस्र्याङदी विजयी बन्दै सेमीपmाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा सीएमजी सङ्कटा क्लबलाई १–० ले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । निक्कै नै प्रतिस्पर्धात्मक बनेको खेलको ५३ औ मिनेटमा मनाङका ओलाबाले गरेको गोल नै निर्णायक बन्यो । त्यसपछि दुवै पक्षबाट निक्कै नै पोष्ट आक्रमण भएपनि गोल नभएपछि स्पष्ट जित निकाल्दै मनाङले सेमीफाइलनमा रुपन्देही ११ सँगको भेट पक्का गरेको हो । रुपन्देहीले आर्मीको चुनौती २–१ ले पन्छाउदै सेमीपmाइन पुगेको थियो । मंगलबारको खेलमा उत्कृष्ट प्रर्दशन गरेका मनाङ मस्र्याङदीका हेमन गुरुङ म्यान अफ दि म्याच घोषित बने । उनले मेची मोबायलको तर्फबाट १६ हजार रुपैयाँ बराबरको मोबयल पाए । सेमिफाइनल अन्तरगतको पहिलो खेल बुधबार विभागिय टिमद्वय नेपाल पुलिस क्लब र एपीएफ बीच हुनेछ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment