गोविन्द पौडेल
जिर्मले, १६ मंसिरः अलैंची खेतीबाट बढी उत्पादन लिन यतिखेर अलैंचीको काटछाँट गनुपर्ने भएकोले किसानहरु यो समयमा बोट बनाउनमा ब्यस्त रहेका छन् । किसानले पछिल्लो समयमा अलैंचीको राम्रो मुल्य पाउन थालेका कारण यसको खेतीमा किसानहरुको आर्कषण बढ्दै गएको छ । इलामको प्रायः जसो सबै क्षेत्रमा हुने अलैंची विगत केही वर्ष यता संक्रामक रोगले पुरानो बगान मासिएपछि उत्पादन नै शुन्यको अवस्थामा पुगेको भएपनि अहिले आएर नयाँ स्थान, नयाँ तरिका नयाँ प्रजातिको बिरुवा लगाएर अलैंची पुनःस्थापना भएको छ । ‘कालो सुन’ अनि ‘खोल्साका सुन’को उपमा पाएको अलैंचीलाई आधुनिक तरिकाले स्याहार सुसार गरेको कारण किसानहरुले मनग्गे फाइदा समेत लिएरहेका पाइएको छ । अलैंचीलाई मल हाल्ने कुरा पुराना किसानहरुका लागी अनौठो हुन पनि सक्छ अझ यो महिनामा अलैंचीलाई छुरी लगाएर काटछाँट गर्नेकुरा त आश्चर्य नै लाग्ला तर नयाँ प्रजाति जिर्मले जातको अलैंचीबाट उत्पादन लिनलाई भने मंसिर पुस महिनामा अनिवार्य रुपमा छुरी लगाएर काटछाँट गर्नु पर्ने भएको कारण आजभोली पूर्वी इलाम जिर्मलेका किसानहरु ब्यस्त रहेका छन् अलैंचीको काटछाँटमा ।
साउन भदौमा फल टिपेको अलैंचीमा यतिखेर कोथा (अलैंचीको फूल) सँगै प्रशस्त टुसाहरु आउने भएकोले फूललाई सहजले हुर्कन दिनको लागी नयाँ साना टुसाहरु र अनावश्यक पुराना डालाहरुलाइ फाल्नुपर्ने भएकोले यतिबेला बोटको अवस्था हेरेर काटछाँट गनुपर्ने किसानहरुको अनुभव रहेको छ । वि.सं.२०४५ सालमा इलामको जिर्मलेमा भित्रिएको हरियो डाला र हरियो फल हुने विशेषता रहेको जिर्मले जातको अलैंची किसानहरुले बारीको ग¥हा नै मासेर रोपेका छन् कम ओसिलो, छहारी नसहने सुख्खा र तातो हावापानी समेत पचाएर राम्रो उत्पादन हुने यो अलैंचीमा अत्याधिक मात्रामा टुसा आउने विशेषता भएको कारण फलको उत्पादन लिनलाइ बर्खामा पलाएको टुसाहरु मंसिर पुसमा नकाटे उत्पादन लिन नसकिने पर्ने जिर्मले–१ का अगुवा किसान यामप्रसाद अधिकारी बताउँछन् ।
बोटको संरचना हेरेर हरेक तीन ईन्चको फरकमा डाला राखे राम्रो उत्पादन लिन सकिने जिर्मले–४ किसान गिरीराज प्रधानको अनुभव रहेको छ । यतिखेर अलैंचीको कोथा लाग्ने समय रहेको र यो जातको अलैंचीको हरेक डालामा चार पाँच वटा सम्म कोथा लाग्ने भएको कारण बोट बाक्लो भएमा कोथाबाट राम्ररी फुल फुल्न नसक्ने र फल समेत नलाग्ने भएको कारण कतिपय बाक्लो बोटमा फुल फुल्ने बोट समेत फालिने गरेको पाइन्छ । मौसमले साथ दिने हो र राम्ररी काटछाँट र मलजल गरेमा प्रति रोपनीमा दुई देखि अढाई मन सम्म फलाएका जिर्मलेमा गत सालमा करिब एक हजार पाँच मन अलैची उत्पादन भएको अनुमान रहेको छ । किसानहरुले अनुभवकै भरमा उत्पादन गर्न सफल भएपनि यसको काटछाँट पछि के कस्ता तरिका अपनाउने र कुन रोगको जोखिम हुन सक्छ भन्ने थाहा नपाएको बताउने गरेका छन् । यस बारेमा किसानहरुले अलैंची विकास केन्द्र फिक्कल र जिल्ला कृषि कार्यालय इलामबाट तालिमको आवश्यकतmा समेत महसुस गरेको नमुना विकास केन्द्र जिर्मलेका अध्यक्ष समेत रहेका जिर्मलेका अलैंची किसान राजीव राईले बताए ।
0 comments:
Post a Comment