इलाममा एडस रोगीको संख्या बढदै

नमिन ढकाल

इलाम, १६ मंसिरः पछिल्लो समयमा नेपालमा एडस रोगीको संख्या घटदै गएता पनि इलाममा भने यो रोगबाट संक्रमित हुनेको संख्या बढदै गएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामको तथ्याङकले देखाउछ । जिल्लामा हालसम्म १७ जना एडसका रोगी देखा परेका छन । आर्थिक वर्ष ०७०÷७१ मा १३५५ जनामा गरिएको परिक्षणमा २ जनामा एचआइभी पोजेटिभ देखिएको थियो । ०७१÷७२ मा १४२५ जनाको परिक्षणमा १ जना र ०७२÷७३ मा १५५८ जनाको परिक्षणबाट ८ जनामा एचआइभी पोजेटिभ देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय इलामका सुचना अधिकारी टंक चौधरीले बताए । ३ वर्षको अवधिमा इलाममा एचआइभीबाट संक्रमित हुने ९ जना पुरुष र २ जना महिला रहेका छन । ०७०÷७१ भन्दा अघि जिल्लामा ६ जनामा एचआइभीको संक्रमण रहेको थियो । हालसम्म यस रोगबाट मृत्यु हुनेको विवरण जनस्वास्थ्य कार्यालयसँग नभएको चौधरीले बताए । वैदेशिक रोजगारीमा जानेका संख्या बढदै गएकाले पनि यो संख्या बढेको हुन सक्ने चौधरीले बताए । जिल्ला जनस्वाथ्य कार्यालय र इलाम अस्पतालतमा मात्र एडसको परिक्षण हुँदै आएकोमा गत वर्षदेखि फिक्कल र पशुपतिनगर स्वास्थ्य केन्द्र तथा यस वर्षदेखि प्याङ स्वास्थ्य केन्द्रमा एचआइभी परिक्षण सुरु भएपछि अब जिल्लाका ५ स्थानबाट एचआइभी परिक्षण हुने भएको छ । इलाम अस्पतालको स्वामित्वमा रहेको ए.आर.टी सेन्टरबाट नियमित १० जनाले निःशुल्क एचआइभी विरुद्धको औषधी सेवन गरिरहेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । त्यस्तै, विश्व एडस दिवस इलाममा जनचेतनामुलक कार्यक्रम गरी मनाइएको छ । युवा सुचना केन्द्र इलामको आयोजनामा चोक बजारमा एडस सम्बन्धि जनचेतनामुलक सडक नाटक प्रर्दशन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment