आगलागीले सखाप भयो संक्रान्ति बजार

संगीता सुहाङ

फिदिम, १ पुष ः तेह्रथुमको पुरानो बजार संक्रान्ति आगलागीले सखाप भएको छ ।  शुक्रबार विहान देखि  भएको आगलागीका कारण बजारमा सञ्चालित वित्तिय संस्था सहितका २८ घर खरानी भएका छन् ।
विहान साढे नौ बजेदेखि स्थानीय अग्नी सेढाइको घरबाट उम्किएको आगो तत्काल नियन्त्रणमा लिन नसक्दा बजारमा आगो फैलिएको थियो । आगो नियन्त्रणमा लिनका लागि तीन वटा घर भत्काउनु परेको आगो नियन्त्रणका लागि संक्रान्ति बजार पुगेका पाँचथरका प्रहरी निरिक्षक रिपेन्द्र सिंहले जानकारी दिए । आगलागीका कारण बजारम डेरा गरि बस्ने थप ३० परिवार विस्थापित भएका छन् ।  
विहान साढे नौ वजे स्थानीय अग्नी सेढाँईको घरवाट शुरु भएको आगो चार घण्टापछि पाँचथर सदरमुकाम फिदिमवाट गएको दमकल सहितको प्रहरीको टोलीे र स्थानीयहरुको संयुक्त प्रयासबाट नियन्त्रणमा लिइएको हो । आगो पाँच घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । आगलागीबाट इन्द्र गौतम, होम सिटौला, सानुकुमार चेम्जोङ, देउमान इङनाम, नारायणी गुरुङ, बरडाँडा मानबहादुर बस्नेत, बद्री सेढाइ, अमृत गहतराजका दुई वटा, रत्नकुमार गहतराज, देवेन्द्र पाहिमका दुई वटा घर, अग्नी सेढाइ, सुभद्रा बानिया, खगेन्द्र भट्टराई, डोलेश्वर थापा, बुद्धी गुरुङ, पूर्ण आले, खड्गबहादुर आले, लिलादेबी श्रेष्ठ, जयन्ता तामाङ, कविता मावो, खड्गबहादुर पायङ्गो र रत्न तामाङको घर जलेका हुन् । आगलागीबाट एउटा एनएमबी माइक्रो फाइनान्स, एउटा आइएमइ र एउटा श्रम बचत सहकारी संस्था पनि जलेको हो । 
आगो नियन्त्रणमा लिन जयन्ते तामाङ, कविता माबो र लिलादेवी श्रेष्ठको घर भत्काउनु परेको संक्रान्ति प्रहरीले जनाएको छ ।  बजारका स्थानीय अग्नि सेढाइको घरमा भएको सोलार सेटबाट विद्युते सट भई आगालागी भएको बताइएको छ । आगलागीबाट भएको क्षतीको विवरवण एकिन हुन सकेको छैन । तेह्रथुमको व्यापारिक केन्द्रको रुपमा स्थापित पुरानो  बजारमा आगलागी भएकाले करोडौको क्षती भएको स्थानीयको अनुमान छ ।
संक्रान्ति बजार तेह्रथुमको सुख्खा क्षेत्रमा रहेको बजार हो । सुख्खा क्षेत्रमा पानीको अभाव भएकाले आगो तत्काल नियन्त्रणमा लिन नसकिएको प्रहरीको भनाई । आगलागी भएको जानकारी पाएपछि पाँचथर प्रहरी सहति पुगेको दम्कल  सहित आगो नियन्त्रणको प्रयास भएको थियो । आगलागी सुरु भएको पाँच घण्टापछि मात्र आगो नियन्त्रणमा आएको हो । आगो तत्काल नियन्त्रणमा लिन नसक्दा ठूलो क्षती भएको स्थानीयको भनाइ छ । सुख्खा मौसम, पानीको अभाव र साघुरो ठाउमा बाक्लो बजार भएकाले ठूलो क्षती भएको हो ।  
  

   
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment