मंगलबारे १ पुसः जुनियर तथा युुवा रेडक्रस साथै शिक्षक नायकहरुको जिल्ला स्तरीय गोष्ठि देउमाई नगरपालिका स्थित मङ्गलबारेमा सुरु भएको छ । युुवा रेडक्रस सर्कल मङ्गलबारे बहुुमुखी क्याम्पसले आयोजना गरेको गोष्ठिमा जिल्लाका १५ वटा उपशाखा मार्फत जिल्ला भरीका बिद्यालय, क्याम्पस तथा युुवा रेडक्रस सर्कलका एक सय ६८ प्रतिनिधि लगायत शिक्षक प्रतिनिधिहरुको सहभागिता रहेको छ । कार्यक्रममा जिल्लाभरीबाट गतवर्ष उत्कृष्ठ भएको भन्दै महेन्द्ररत्न बहुुमुखी क्याम्पस इलामलाई नगद दुुई हजार सहित रनिङ शिल्ड प्रदान गरिएको छ । गोष्ठि सुरु हुुनु पूर्व मङ्गलबारेमा ¥याली समेत निकालिएको थियो ।
युुवा रेडक्रस सर्कल मंगलबारे बहुुमुखी क्याम्पसका अध्यक्ष हरि चापागाईको अध्यक्षतामा भएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा इलामका संस्थापक सदस्य तथा पुुर्व सभापति युुद्धप्रसाद बैद्य, जिल्ला सभापति देवी गौतम, जिशिका प्रतिनिधि तथा मङ्गलबारे श्रोत केन्द्रका श्रोत ब्यक्ति जय भण्डारी, शिक्षक सङ्गठन इलामका अध्यक्ष पुुर्णप्रसाद गौतम, क्याम्पस अक्षयकोष स्थापना कर्ता पुुर्णचन्द्र श्रेष्ठ, इलाम उद्योग वाणिज्य संघ शाखा मङ्गलबारेका अध्यक्ष मात्रिका घिमिरे, क्याम्पस सञ्चालक समिति सदस्य अध्यक्ष भिमलाल खनाल, सदस्य राम राना, नेरेशो शाखा मन्त्री रविन्द्र श्रेष्ठ, रतन चौधरी लगायतले मन्तब्य राखेका थिए । सोहि कार्यक्रममा चौधरीले क्याम्पसका अक्षयकोष स्थापना गर्न नगद २५ हजार दिने घोषणा गरेका थिए । कार्यक्रममा जिल्लाको प्रतिवेदन जिल्ला सदस्य गणेश खतिवडाले प्रस्तुुत गरेका थिए । गोष्ठि सम्पन्न गर्न वाल सरक्षण उप समिति मङ्गलबारेले २० हजार देउमाई नगरपालिका, त्यस क्षेत्रका संघसंस्था, ब्यापारी, शिक्षक, विद्यार्थी, समाजसेवी लगायतले सहयोग गरेका थिए । कार्यक्रममा मनोरञ्जनात्मक नृत्य समेत प्रस्तुुत गरिएको थियो । गजुुरमुखी डान्स सेन्टर मङ्गलबारे, सुुर्योदय शिक्षा सदन, सिर्जनशील मावि मङ्गलबारे, मर्निङग्लोरी सेकेन्डरी स्कुल लगायतका तर्फबाट नृत्य प्रस्तुुत गरिएको थियो । शनिवार सम्पन्न हुुने गोष्ठि साँझ बन्दसत्रमा प्रवेश गरेको र बन्दसत्रमा नेरेशो सभापति गौतमले जुुनियर शिक्षक नायकको भुुमिका, मङ्गलबारे उपशाखा सचिव नविन आचार्यले जलवायुु परिवर्तन यसका असर र रोकथामका विषयमा खेल्नुुपर्ने भुमिका तथा नेत्र नेपालले रेडक्रस र आयोजनाका विषयमा सहजीकरण गर्ने जनाइएको छ । गोष्ठि सम्पन्न गर्न मेघ चौलागाईको अध्यक्षतामा समिति समेत गठन गरिएको थियो ।
0 comments:
Post a Comment