सुन्तलाबाट सुरक्षित आम्दानी लिदै इलामका किसान (तस्वीर सहित)

बिनय तिम्सीना

इलाम १ पुष ः पुष महिनाको शुरु सँगै इलामको मौसम खुलेको छ न्यानो घाममा सिजन अनुसारको फल बिक्रीमा निक्कै वृद्धि भएको छ । अहिले इलाममा उत्पादित सुन्तलाको व्यपार राम्रो भएको छ । गत सालको तुलनामा  सुन्तलाको उत्पादतमा वृद्धि भएको छ भने किसानको वारीमा सुन्तला लटरम्म फलेका छन् । इलामका कृषकलाई सुन्तला नबिक्ने चिन्ता पनि छैन । इलाम नगरपालिका ८ सिङफिरिङका कृषक मुकेश शिवा भन्छन्– ‘व्यपारीहरु घरमै आएर वगान बाटै सुन्तला किनेर आफै टिपेर लान्छन् सुन्तला विक्रीमा कुनै समस्य नै छैन ।’

सदरमुकाम ७ स्थित गरिमा टोलमा ५०० बोटमा उत्पादन भएको सुन्तला उमेश महतले ५लाख ५० हजारमा सुन्तला व्यापारीलाई बगानै बेचे । १० रोपनी क्षेत्रफलमा रोपिएको सो बगानबाट यस्तो उत्पादन लिन शुरु गरेको ७ बर्ष भइसक्यो । गरिमा टोलकै अन्य किसानले लाख घटीको सुन्तला बेच्ने कोहि पनि नभएको महतले जानकारी दिए । अहिले इलाममा रोगको कारणले सुन्तलाको उत्पादनमा गिरावट आउने अनुमान गरिको थियो तर इलामको केहि गाविस र इलाम नगरपालिकामा सुन्तलाको उत्पादनमा वृद्धि भए पछि इलामको सुन्तालाको उत्पादन राम्रो भएको हो । विशेष गरि इलामको जिर्मलेमा सुन्तलाको उत्पादन धेरै हुने गरेको छ ।

अन्य गाविसहरु गोदक, नाम्सालिङ, सोयाङ, सुम्बेक, सुलुवुङ, सोयाक र इलाम नगपालिकामा पनि सुन्तलाको उत्पादन राम्रो भएको जिल्ला कृषि विकास कार्यालयका प्रकाश मणि काफ्ले वताउँछन् ।  इलामको सुन्तला स्थानीय वजारमा नै राम्रोसँग विक्री भइरहेको सुन्तला व्यपारीहरुको अनुभव छ । अहिले इलाममा सुन्तला ८० रुपैयाँ प्रतिकिलो देखि राम्रो ग्रेडिङ गरेको सुन्तला १२० रुपैयाँ किलो सम्ममा विक्री भईरहको छ । इलामको सुन्तलाले झापाका ठूला तथा साना बजारहरु पनि उत्तिकै ओगटेको छ । केहि सुन्तला छिमेकी मुलुक भारतको सिलिगुडी र कोलकत्तामा समेत विक्री हुने गरेको छ । यहि वर्ष मङ्सिरमा मात्र पनि जिर्मलेका किसान मेची पर्यटनको सहयोगमा भारतको कोलकत्तामा भएको ‘हिमालयन ओरेन्ज फेस्टीवलमा सहभागि भएर इलामको सुन्तला विक्री गरेर आएको जानकारी मेची क्षेत्र विकास पर्यटन प्रर्वधन समितिका केशव द्यौरालीले जानकारी गराए । इलाममा अहिले ३४० हेक्टर क्षेत्रफलमा सुन्तलाको खेती भईरहेको छ । इलामा गत वर्ष ३५२३ मेट्रीक टन सुन्तला उत्पादन भएको थियो ।

गतवर्षको तुलनामा ३.५ प्रतिशतले सुन्तला खेतीको क्षेत्रफमा वृद्धि भएको भए पनि विभिन्न रोगहरुको कारणले उत्पादनमा भने गत वर्षको भन्दा वृद्धि नहुने कृषि विकास कार्यालयका प्रकाश मणि काफ्ले वताउँछन् । उनका अनुसार इलामको सुन्तलामा विषेश गरि क्यङ्कर ले सताउने गर्छ, जुन मानिसमा लाग्ने क्यान्सर जस्तै हो ।  अन्य फलमा किराले औँशा पर्ने, फोर्कफलाई, रहेका छन् । अन्य केहि रोगका नमुना कृषि अनुसन्धान केन्द्र पाख्रिवास धनकुटामा गतवर्ष पठाइए पनि अहिले सम्म त्यसको रिपोट आईपुगेको छैन, पठाइएको नमुनाको रिपोर्ट आईपुगेपछि रोगहरुको समाधान हुने काफ्लेले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment