दुरुपयोग भयो इलाम क्याम्पसको बस, पार्टी र भातृसंगठनको वनभोजमा प्रयोग (तस्वीर र प्रमाणहरु सहित)


इलाम ३० मंसिर ः गत मंगलबार अनेरास्वियुु जिल्ला कमिटी इलामले आयोजना गरेको वनभोजमा महेन्द्ररत्न बहुुमुखी क्याम्पसको बस प्रयोग गरेको भन्दै चौतर्फी विरोध भएको छ । अनेरास्वियुुले इलामको चमैता गाविस स्थित रत्न सुुरुङ (चित्रे) मा आयोजना गरेको एक कार्यक्रममा नेकपा एमालेका नेताहरु बोक्न शैक्षिक संस्थाको सवारी प्रयोग गरिनु निन्दनिय भएको भन्दै जिल्लाका अन्य विद्यार्थी संगठनहरुले समेत विरोध गरेका छन् ।
क्याम्पस भित्रका विद्यार्थीहरुको शैक्षिक भ्रमणमा प्रयोग गर्नेगरी खरिद गरिएको बस हाल पार्टीका जिल्ला स्थित भातृ संगठनका काममा समेत प्रयोग हुुन थाले पछि नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम लगायतका विद्यार्थी संगठनले विरोध गरेका छन् । बस सहित ३० लिटर पेट्रोल समेत क्याम्पसले उपलब्ध गराएको बुुिझएको छ । क्याम्पस बाहिरका पार्टी र तीनका भातृ संगठनहरुलाई बस उपलब्ध गराएकोमा आपत्ति रहेको अखिल क्रान्तिकारी महेन्द्ररत्न बहुुमुखी क्याम्पसका इन्चार्ज विपिन पोख्रेलले बताए । आज भातृ संगठनलाई उपलब्ध गराएको बस भोली पार्टी र ब्यापारीहरुलाई नै उपलब्ध गराउन सक्ने भन्दै सुरुमा नै सचेत गराउन समेत विरोध गर्नु परेको अन्य संगठनका विद्यार्थी नेताहरुको भनाई छ ।

क्याम्पसको बस लैजाने विषयमा समेत क्याम्पस प्रशासन र अन्य विद्यार्थी संगठनहरुलाई जानकारी नगराएको उनीहरुको भनाई छ ।
यस विषयमा महेन्द्ररत्न बहुुमुखी क्याम्पसका क्याम्पस प्रमुख यादव भारद्धाज सहायक क्याम्पस प्रमुुख पुुर्णप्रसाद ढुुङ्गना सहित नेविसंघ, अखिल क्रान्तिकारी, समाजवादी विद्यार्थी फोरम लगायतका विद्यार्थी नेताहरुसँग भएको छलफल पछि बस प्रयोग गर्ने अनेरास्वियुु इलामलाई स्पस्टिकरण लिने निर्णय गरेको छ । साथै क्याम्पसमा रहेका अन्य विद्यार्थी संगठनहरुलाई समेत वर्षमा एक÷एक पटक जिल्लाभरीका लागि शैक्षिक कार्यक्रममा बस उपलब्ध गराउने सहमती भएको छ ।
छलफल पछि भएको निर्णयमा क्याम्पस प्रमुख भारद्धाज सहित क्याम्पसका तर्फबाट सहायक क्याम्पस प्रमुख ढुुङ्गाना लगायत विद्यार्थी संगठनका तर्फबाट नेविसंघबाट वविन बोखिम, निराजन भट्टराई, अखिल (क्रान्तिकारी) का तर्फबाट शन्धिभक्त शंकर, विपिन पोख्रेल तथा समाजवादी विद्यार्थी फोरमका तर्फबाट सुुमन लिम्बूू, शिल्पा राई लगायतले हस्ताक्षर गरेका छन् । क्याम्पस प्रमुुख भारद्धाजले भने क्याम्पस प्रशाासनलाई जानकारी गराएर नै बस लगेको बताए । उनले भने– ‘हामीले विद्यार्थी संगठनलाई दिएकै हौँ र केहि अन्य मान्छेहरु पनि चढेको पायौँ, यस विषयमा हिजो नै केहि विद्यार्थी संगठनहरुसँग बसेर कुरा भइ सक्यो ।’ उनका अनुसार क्याम्पसकै अन्य विद्यार्थी संगठनले समेत जिल्ला भित्र शैक्षिक कार्यमा वर्षमा एक पटक प्रयोग गर्न पाउने निर्णय भएको छ । उनका अनुुसार लामो समय बस राखी रहँदा समेत समस्या आउँछ भनेर पनि दिएको प्रतिक्रिया दिए । साथै यात्रामा बस दुुरुपयोग हुुन्छ भनेर एकजना कर्मचारी समेत सो दिन खटाइएको भारद्धाजले बताए । अन्य विद्यार्थी संगठनलाई समेत बस दिने निर्णय भएसँगै अब अझै दुुरुपयोग बढ्ने खतरा बढेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment