के.बी. लिम्बू
कतार÷ सम्पूर्ण ईलामेलीहरुको साझा संस्था ईलाम सेवा समाज दोहा, कतारले आगामी जनवरी १३ तारीखका दिन संस्थाको दोश्रो.वार्षिकोत्सवको अवसर पारेर दोहाको अल दोसरी पार्कमा बनभोज कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । उक्त बनभोज समारोहमा दोहा स्थित विभिन्न कम्पनिमा कार्यरत इलामेलीहरु, ईलामेली व्यवसायीहरु, गैह्र ईलामेलीहरु, सामाजिक अगुवाहरु, समाजसेवी तथा विभिन्न संघ संस्थाका पधाधिकारीहरुलाई उपस्थितिको लागि पत्राचार गरिसकेको समाचार प्राप्त भएको छ ।
जेहेन्दार विधार्थी छात्रवृत्ति, समुन्नत ईलाम, पर्यटन प्रवद्र्धन हाम्रो चाहाना ।लईलामेलीहरुको एकता, वनभोज तथा वार्षिक उत्सवको शुभकामना ।। भन्ने मुल नाराका साथ वनभोजको तयारीमा जुटेका ईलामेलीहरुलाई आगामी दिनहरुमा ईलाम जिल्लाका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिसकेको छ । दोहामा विभिन्न सामाजिक संघ संस्थाहरु मध्ये कान्छो संस्थाको रुपमा उदाएको ईलाम सेवा समाज दोहा, कतार छोटो समयमा नै निक्कै शसक्त भूमिकामा रहेको छ । आफ्नो नारामा उल्लेख गरे अनुसार हरेक कार्यक्रमहरुमा ईलामको पर्यटकिय स्थल, ईलामका साँस्कृतिक सम्पदाहरु तथा यिनका विषेशताहरुको प्रचार प्रसार गर्दै ईलामको आकर्षण तथा यहाँको प्रचार प्रसारमा विषेश जोड दिएको पाइन्छ । साथै प्रचुर पर्यटकिय सम्भावनाहरु बोकेको ईलामका युवहरुले आगामी दिनमा युवा स्वरोजगार अभियान संचालन गर्ने र यसै क्षेत्रमा आफ्नो भविश्य निर्माण गर्न सकिने भन्दै दोहामा रहेका ईलामेली युवाहरु कम्मर कसेर लागि परेका छन् । यदि त्यसो गर्न सकियो भने ईलामेली भावी पुस्ताले यो मरुभूमिमा हाल जस्तो पसिना बगाउन नपर्ने उनिहरुको कथन छ । साथै यस अभियानमा सम्पूर्ण ईलामबासीहरुको उपस्थिति जरुरी रहेको भन्दै हातमा हात र साथमा साथ जोडेर अघि बढौं भन्दै सम्पूर्ण दोहामा रहनुहुने इलामेली दाजुभाई तथा दिदीबहिनीहरु एकजुट हुन आग्रह गर्दै आगामी जनवरी १३ तारिखका दिन ईलाम सेवा समाजको उक्त वनभोज कार्यक्रम भव्यता र धुमधामका साथ सफल बनाउन सबै कतारमा रहनुहुने ईलामेलीहरुको गरिमामय उपस्थितिको लागि समेत यसैै समाचार मार्फत सुचित समेत गरेको छ ।
0 comments:
Post a Comment