दुर्घटना एक जनाको मृत्यु


पाँचथर, १८ मंसिर । मेची राजमार्ग अन्तरगत पाँचथरको भारपा ५ गुराँसेमा मिनी ट्रक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । झापाबाट ताप्लेजुङतर्फ जादै गरेको मे१ख १८४९ नम्बरको ट्रक अनियन्त्रित सडकबाट अन्दाजी सय मिटर तल खसेको हो । दुर्घटनामा ट्रकका चालक पाँचथर फिदिम नगरपालिका ३ लालीखर्क बस्ने अन्दाजी ३० वर्षिय मोहनकुमार राईको घट्नास्थलमै मृत्यु भएको प्रहरी चौकी जोरपोखरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment