फिफा वर्ष खेलाडीका लागि मेस्सी, रोनाल्डो र ग्रिजम्यान अन्तिम तीनमा


विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्रदान गर्ने उत्कृष्ट वर्ष खेलाडी अवार्डका लागि लियोनल मेस्सी, क्रिष्टियानो रोनाल्डो र एन्टोनी ग्रिजम्यान अन्तिम तीनमा परेका छन् । विजेताको घोषणा आउँदो जनवरी ९ मा हुनेछ । प्रारम्भिक मनोनयनमा परेका २३ खेलाडीमध्ये पोर्चुगल तथा रियल म्याड्रिडका रोनाल्डो, फ्रान्स तथा एथ्लेटिको म्याड्रिडका ग्रिजम्यान र अर्जेन्टिना तथा बार्सिलोनाका मेस्सी अन्तिम तीनमा पुग्न सफल भएका हुन् । मनोनयनमा परेका २३ खेलाडीबाट राष्ट्रिय टिमका कप्तान तथा प्रशिक्षक, छनौटमा परेका दुई सय भन्दा धेरै पत्रकार तथा फिफा डट कममा समर्थकले गरेको भोटका आधारमा रोनाल्डो, ग्रिजम्यान र मेस्सी अन्तिम तीनमा पुगेका हुन् । मेस्सीले अर्जेन्टिनालाई कोपा अमेरिकाको फाइनलमा पु¥याए भने बार्सिलोनालाई ला लिगाको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । रोनाल्डोले यो वर्ष पोर्चुगललाई ऐतिहासिक युरोकपको उपाधि दिलाए भने रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाए । त्यस्तै, ग्रिजम्यानले फ्रान्सलाई युरोकपको फाइनलसम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेका थिए । एथ्लेटिको म्याड्रिडमा पनि उनको प्रदर्शन उत्कृष्ट थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment