इलाम, १७ मंसिरः सरकारले विभिन्न बहानामा निजी विद्यालयलाई मात्र लागु हुने विभिन्न कानुन बनाएर विभेदकारी नीति अवलम्बन गरेको निजी तथा आवाशीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) इलामको सातौं अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने वत्ताहरुले बताएका छन् । सरकारले यस्तै रवैया देखाए सहेर नबस्ने सङ्केत उनिहरुले गरे ।
सरकारले करको दायरामा ल्याउन निजी विद्यालयहरुलाई कम्पनी ऐन अन्तरगत ल्याएको तर हाल आएर कम्पनी ऐन अन्तरगत चल्न निजी विद्यालयहरु तयार भएको बेला अरु बखेडा झिकेको प्याब्सनका केन्द्रिय अध्यक्ष लक्ष्यबहादुर केसीले बताए । प्याब्सनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष विजय सम्बाहाम्फेले विभिन्न दुर दराजमा शिक्षा दान गर्ने निजीस्तरका विद्यालयलाई समेत दमन गर्न शिक्षा ऐनको आठौं संसोधन आएको बताए । प्याब्सनका केन्द्रिय महासचिव डिके ढुङ्गाना, उपमहासचिव राजेन्द्र बानियाँ, केन्द्रिय कोषाध्यक्ष इश्वरबहादुर गुरुङ लगायतका वत्ताहरुले सरकारले ल्याएको विभेदकारी शिक्षा नीतिको अन्त्य हुनुपर्नेमा जोड दिदै निजी विद्यालय सञ्चालनहरुले डटेर सरकारको सामना गर्नुपर्ने बताए । प्याब्सन केन्द्रिय कार्यसमितिका पदाधिकारीहरुले देशभरका सबै प्याब्सनको साधारणसभा तथा अधिवेशनमा सकभर पुगेर आन्दोलनको वातावरण बनाउने लक्ष अनुरुप सबै पदाधिकारी इलाम आइपुगेको प्रतिक्रिया दिए ।
अधिवेशनको उद्घाटन शत्रमा प्याब्सन इलामले प्याब्सन इलामको विकासमा योगदान पु¥याउने तथा इलामको शिक्षाको क्षेत्रमा योगदान पु¥याउने विभिन्न ९ जनालाई सम्मानित गरेको छ । संस्थापक सदस्य पशुपति नेशनल एकेडेमीका संस्थापक प्रिन्सिपल रेगन राई, ग्रीन भ्याली एकेडेमीका शिक्षिका शारदा पराजुली, ग्रीन हिल एकेडेमीका शिक्षक आरजे सेराओ, प्रवेशिका परीक्षामा जिल्ला प्रथम अस्मिता राई, जिल्ला द्वितियद्वय सुदिप भाई सुवेदी र प्रविण बस्नेत, साथै सामुदायिक विद्यालयबाट प्रथम हुने सौगात तामाङ र द्वितिय हुने सुस्मा कोइराला कार्यक्रमविच सम्मानित भए । आयोजक संस्थाले सम्मानितलाई पुरस्कार र प्रमाणपत्र प्रदान ग¥यो । कार्यक्रममा प्याब्सन इलामको छैटौ जिल्ला अधिवेशनबाट चयन भएका पदाधिकारीहरुलाई प्रमुख अतिथि तथा प्याव्सन केन्द्रिय अध्यक्ष लक्ष्यबहादुर केसीको हातबाट प्रमाणपत्र प्रदान गरियो । कार्यक्रममा विभिन्न सांस्कृतिक नृत्यहरु पनि प्रस्तुत गरिएको थियो । जिल्ला अध्यक्ष प्रकाश भक्तराजको अध्यक्षतामा उद्घाटनशत्र सम्पन्न भएको थियो ।
0 comments:
Post a Comment