समावसेवामा अब्बल बन्दै क्लोथ बैङ्क, बौद्धिक दुर्वललाई ज्याकेट वितरण

इलाम, ९ पुसः अमर उच्च मावि बरबोटेमा रहेको बौद्धिक अपाङ्गता (सुस्त मनस्थिति) श्रोत कक्षामा आश्रित इलामका बालबालिकालाई जाडोमा न्यानो लुगा उपलब्ध गराउने सोच क्लोथ बैङ्कका अगुवाहरुलाई जाडो अघिनै आएको थियो । उनीहरुको कल्पना तब सार्थक भयो जब काठमाण्डौको बसुन्धरा स्थित सुखावती स्टोरले ज्याकेट उपलब्ध गराउने भयो । सुखावती स्टोरका सञ्चालक चिजमान गुरुङले इलाम सोसियल युथ इनिसिएटिभ (क्लोथ बैंक)का सचिव विभुषण चाम्लिङलाई सम्पर्क ग¥यो । 
निरन्तर सम्पर्कपछि शनिबार बौद्धिक अपाङ्गता भएका बालबालिकालाई ज्याकेट वितरण गरियो । बरबोटेको श्रोत केन्द्रमा नै गएर एक कार्यक्रमको आयोजना गरि २१ जना बौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले ज्याकेट लगाईदिए । कार्यक्रममा इलामका समाजसेवी रतन चौधरी, सामुदायिक प्रहरी सेवा केन्द्र इलामका प्रहरी सहायक निरिक्षक हरिकुमार प्रसाई उपस्थित थिए भने श्रोत कक्षाका ठाकुर श्रेष्ठ, दिनानाथ भट्टराई, कमल साङपाङ कार्यक्रममा उपस्थित थिए । क्लोथ बैङ्कका कोषाध्यक्ष विमल एक्तेनले कार्यक्रमको समन्वय गरेका थिए । कार्यक्रममा इलाम नगरपालिकाका कार्यकारी अधिकृत महेन्द्र खाम्याहाङले त्यहाँ आश्रित बालबालिकाका लागि जाडोमा तातो पानीको व्यवस्था होस् भन्ने हेतुले ५० हजार मुल्य बराबारको सोलार गिजर उपलब्ध गराउने प्रतिबद्धता जनाएको क्लोथ बैङ्कका सचिव विभुषण चाम्लिङले बताए ।
ताप्लेजुङमा गत बर्ष आगलागी हुदा पीडितलाई कम्बल तथा खाद्यान्न पु¥याउन होस् या, बर्खा याममा विपन्न बालबालिकालाई छाता र रेनकोट उपलब्ध गराउन होस्, या दशैमा गरिब परिवारका बालिबालिकालाई नयाँ लुगा दिन, क्लोथ बैङ्क इलामले पटक पटक सो स्थानमै पुगेर वितरण गर्दै आएको छ । विभिन्न दाताहरुको सहयोगमा असाहय र गरिबलाई इलामको क्लोथ बैङ्कको अभियान निरन्तर ४ बर्षदेखि जारि छ । 
इलामको क्लोथ बैङ्कको सिकाई गर्दै तत्कालिन पाँचथर जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदिप कडेलले आफु सरुवा भएर गएका जिल्लाहरुमा क्लोथ बैङ्क स्थापना समेत गर्न पहल गरेका छन् । सामाजिक न्यायको क्षेत्रमा उत्कृष्ट छवि बनाएका कडेललाई नेपाल सरकारले गत बर्ष पुरस्कृत समेत गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment