धरानमा इलाम आउने निम्तो दिदै (तस्वीर सहित)


धरान, ९ पुसः इलामका पर्यटकीय गन्तव्य र इलामका उत्पादनहरुको प्रवद्र्धन गर्ने उदेश्यले शनिबार देखि धरानमा इलाम कार्यक्रम शुरु भएको छ ।  
इलामेली समाज धरानको आयोजनामा इलामका कृषि उपज अलैची, अदुवा, दुग्ध, किवी सहितका स्टल राखिएको छ ।  पुर्व प्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गरेको कार्यक्रममा काङ्ग्रेस नेता कुल बहादुर गुरुङलाई सम्मान गरएिको थियो ।  कार्यक्रममा एमाले उपनेता सुवास नेम्बाङले आफ्ना मित्रहरुलाई इलाम नघुमे सम्म जीवन अपुरो बन्ने बताउने गरेको सुनाए ।   कार्यक्रममाइलामका कलाकार यम बराल, गणेश पराजुली, यसोदा पराजुली, कुवेर राई, डेनी निरोला सहितका इलामे कलाकारले गित प्रस्तुत गरेका थिए । आयोजक सस्थाका अध्यक्ष कृष्ण शाहाको अध्यक्षतामा भएको कार्यक्रम भोली सम्म चल्ने आयोजकले जनाएको छ ।  




तस्विरः टीका खतिवडा÷ तस्विरमा  धरानमा इलामका स्टल र उद्घाटनका दृष्य  
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment