सम्पादकीय
क्याम्पस वा विद्यालय शिक्षा लिने थलो हो । शिक्षा लिने बहानामा विद्यालय वा क्याम्पसमा उछिङ्खल गतिविधि गर्न पाइँदैन् । विद्यार्थीहरु गुुटगत रुपमा अघि बढेर क्याम्पसमा भौतिक क्षति गर्छन् भने प्रशासनले कारवाही गर्नै पर्छ । यो वा त्यो जुुनसुुकै होस । शिक्षा लिने वा राजनीति गर्ने बहानामा क्याम्पसमा प्रवेश गरेर अनैतिक कार्य गर्छ भने प्रशासनले दोषी पत्ता लगाई त्यसलाई कारवाहीको दायरामा ल्याउनै पर्छ । विद्यालय वा क्याम्पसमा शिक्षा लिन कलम र कपी बोकेर गईन्छ । रड र ईंटा लिएर हैन् ।
क्याम्पस वा विद्यार्थी संगठनबिच सामान्य मनमटुवा हुुन सक्छ । मनमटुवाको समस्या ईंटा र रडले हैन छलफल र त्यसको निष्कर्षले गर्नु पर्छ । सन्दर्भ बिहीबार बिहान विद्यार्थी संगठनबिच विवाद हुँदा महेन्द्ररत्न बहुमूखी क्याम्पस इलाम तोडफोड भयो । तोडफोडमा क्याम्पसको १३ नम्बर हलको पाँच वटा झ्यालका सिसा र ढोकामा क्षति भएकोे छ ।
अनेरास्ववियु एकापट्टि र अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, संघिय विद्यार्थी युनियन तथा लिम्वुुवान विद्यार्थी मञ्च एर्कापट्टि रहेर आन्दोलन गर्दा क्याम्पसको भौतिक क्षति भयो । एक थरी कार्यक्रम गर्न नदिने, अर्काथरी कार्यक्रम नगरी नछाड्ने भनेर अड्डी कसेर बस्दा सिङ्गो क्याम्पसमा अध्यनरत विद्यार्थीहरुलाई असर पुु¥यायो । एकथरी शिक्षा लिने बहानामा क्याम्पस परिसर भित्रै नाराबाजी गर्ने अर्काथरी अगुुवा कार्यकर्ता भेला भन्दै क्याम्पस बाहिरका मानिस भित्र हुुल्ने र दुुवै तर्फबाट दोहोरो झडपको स्थिति निम्त्याउने ? के हरेक समस्याको समाधान लडाईं र युुद्धले नै हुुन्छ ?
सोझा र कुुनै राजनीतिमा संलग्न नभएका विद्यार्थी पढ्न पाउने कि नपाउने ? राजनीतिको बहानामा सोझा विद्यार्थीहरुको पढाइमा असर पुु¥याउनेलाई कारवाही गर्ने कि नगर्ने ? अनि कारवाहीको प्रक्रिया कस्ले अघि बढाउने ? यस तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ । अनि गुुटगत रुपमा अघि बढेका दुुवै पक्ष आफ्नो गल्ती ढाकछोप गर्न प्रेस विज्ञप्ति र सामाजिक सञ्जालका भित्तामा अर्काको दोष देखाईरहेका छन् । दोषी को हो ? अन्य सोझा, इमान्दार, निष्पक्ष ब्यक्ति, विद्यार्थी, अभिभावक र सर्वसाधारण मुुल्याङ्कन गर्न सक्ने हैसियतका भइसके, चेतना भया ।
0 comments:
Post a Comment