फाकफोक, २१ मंसिर: नेपाल सरकारको सरसफाई गुुरुयोजना २०६८ अनुसार देशलाई सन् २०३० सम्ममा पुर्ण सरसफाइयुक्त मुलुक बनाउने लक्ष्य लिएको छ । सोही योजना अन्र्तगत ग्रामिण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड)को आर्थिक सहयोग र सुनगाभा विकास संस्था इलामको प्राविधिक सहयोग तथा फाकफोक गाविसको आयोजनामा गाविसलाई समेत पुर्ण सरसफाइ गाविस बनाउने तयारी थालिएको छ । सोही कार्यक्रम अन्र्तगत मंगलबार त्यस क्षेत्रमा रहेका विभिन्न संघ संस्था, विद्यालय, घुर्विसे पञ्चीम बजारबासी लगायतको सहभागितामा विभिन्न सरसफाइ सम्बन्धीका प्लेकार्ड सहित ¥याली निकालिएको छ । खुल्ला दिसामुक्त भए पश्चात गाविसलाई पुर्ण सरसफाइयुक्त गाविस बनाउन त्यस क्षेत्रका बासिन्दा लागी परेका छन् । कार्यक्रम अन्र्तगत फाकफोकका सबै वडाहरुमा ३ वटा छुट्टा छुट्टै समिति गठन गरिएको छ । युवा समिति, महिला समिति र अनुगमन समिति गठन गरिएको सुनगाभा विकास संस्थाका वास अफिसर दिपेन्द्र खनालले जानकारी दिए ।
पञ्चमी बजार इलामको फाकफोक गाविस र पाँचथरको फाक्तेप गाविसको संगम स्थलमा पर्छ । आचारसंहितालाई लागु गराउन दुवै गाविसका सचिवहरुले प्रतिवद्धता समेत जाहेर गरेका छन् । मंगलबार भएको कार्यक्रममा घुर्विसे पञ्चमी मावि, शान्ति बाल विकास बोर्डिङ स्कुल र सिद्धबाबा आवासीय विद्यालयका १ हजार भन्दा बढी विद्यार्थी साथै शिक्षक, अभिभावक, स्थानियबासी लगायतको उपस्थिती रहेको थियो । ¥यालीपछि पञ्चमी बजार व्यवस्थापन समिति अध्यक्ष कृष्ण सम्वाहाम्फेको अध्यक्षता तथा फाकफोक गाविस सचिव विष्णु कार्की, सुनगाभा विकास संस्थाका बास अफिसर खनाल, घुर्विसे पञ्चमी माविका प्रधानाध्यापक ठाकुरसिँह थेगिम, नेपाल टेलिभिजनका सम्वाददाता सुजन तिम्सिना, फोहोर व्यवस्थापन समितिका अध्यक्ष हरिकला बस्नेत लगायतले मन्तव्य राख्दै आफनो ठाँउ आफै सफा गर्नुपर्ने धारण व्यक्त गरेका थिए ।
0 comments:
Post a Comment