पोखरी निर्माणको लहर

इलाम, २१ मंसिरः जमुनामा रहेको ढाप सीमासार क्षेत्रलाई पोखरीको रुप दिइएपछि अहिले रमणीय भएको छ । करिव ३५ रोपनीमा पानी जमेपछि स्थानीय डुङ्गा चलाउने र माछा पालन गर्ने सुरसारमा छन् । पोखरी बनेपछि त्यसतल पानीका स्रोत बढेका छन् । मेची पहाडी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति, भू–संरक्षण कार्यालय, जिल्ला विकास समिति, गाउँ विकास समिति र स्थानीय जनश्रमदानमा पूर्वी मोहाडामा एकसय फिट लामो ड्याम तयार भएपछि ढापक्षेत्र भरिभराउ भएको हो । जिल्लाकै अग्लो स्थान सन्दकपुर, धार्मिक जैविक महत्वको माइपोखरी रामसार क्षेत्र, टोड्के झर्ना, जमुनाको हाँगेथाम र चोयाटारको रेडपाण्डा क्षेत्रलगायत उत्तरी गाउँका दर्जनौ पर्यटकीय क्षेत्रमा आउने पर्यटकका लागि यो क्षेत्र आर्कषणको केन्द्र बन्नेमा स्थानीय आशावादी छन् । जिल्लाकै ठूलो पोखरी बनाएर पर्यटकीय गन्तव्य बनाउने स्थानीयको उदेश्य छ । आफ्नै पर्याप्त पानीको स्रोत भएको यो स्थानमा ५० रोपनी क्षेत्रमा पोखरी निर्माण गर्न सकिन्छ ।
करिव साडे तीन सय मिटर लम्वाई र दुई सय मिटर चौडाईमा पानी भरिएको यो पोखरीमा बारबेरा, ट्रेकिङ रुट, शौचालय, पार्क, भ्यूटावर जस्ता पूर्वाधार आवश्यक छ । यो सवै काम स्थानीयस्तरवाट सम्भव नभएकाले सरोकारवाला निकायले सहयोग गरिदिए सीमावर्ती भारतीय क्षेत्रवाट पनि उल्लेख्य पर्यटक भित्र्याउन सकिने संभावना छ स्थानीय देख्छन् । सदरमुकामवाट २५ किलो मिटर उत्तरमा रहेको जमुनामा ढापक्षेत्रसहित विभिन्न ऐतिहासिक, धार्मिक, सांस्कृतिक र जैविक विविधताले भरिएका स्थान छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment