सोलमारीकी साहुनीलाई जिल्याएर इलामे केटाहरु टाप (भिडियो सहित)


काठमाण्डौं, ९ पुष । पुषको जाडोमा साँझपख सोलामारी छिरेको एक हुल यूवाहरुले टन्न खाएपछि साहुनीलाई जिल्याएर टाप कसका छन् । काठमाण्डौंमा कोही ब्याचलर र कोही मास्टर गर्दै गरेका ईलामे यूवाहरुले कोटेस्वरको फूलबारी मार्गको एक सोलमारीबाट पैसा नतिरी टाप कसेका हुन् ।
पुष ८ गते साँझ मौसमले च्यालेन्ज ग¥यो साउनी भन्दै एक हुल केटाहरु हाँस्दै सोलमारी झिरे । साहुनीले पनि हाँसेरै स्वागत गरिन् । शुरुमा पुरानो पनि बाँकी नतिरेको भन्दै अडर लिन आनाकानी गरेकी साहुनीले यूवाहरुले ‘पुरानो पनि क्लियर गर्छौं, चेक दिउँ की क्यासरु’ भनेपछि हिस्सी परेकी साहुनी रिता राईले उनीहरुको सक्दो सेवा गरिन् । बिडम्बना, बिल लिनका लागि साहुनी टेवलमा पुग्दा उनीहरु पछाडीको ढोकाबाट भागिसकेका थिए ।
पढ्न बसेका यूवाहरुसँग जाडोभरी हरेक साँझ तातिने पैसा हुने कुरा पनि भएन । ईज्जददार परिवारका शिक्षित यूवाहरुले सोलमारीमा पटक पटक किन उधारो खाए त भन्ने रहस्यको पर्दाफास भने यसरी भयो ।
आखिर कुरा के रहेछ भने ईलाम मंङ्गलबारेका यूवा बिमल गौतमले यो बिषयलाई समेटेर एउटा गीत लेखेका रहेछन् । त्यस गीतलाई संगीत संयोजन पनि उनैले गरे । मङ्गलबारेकै अर्का यूवा युगान्त रिजालले यसमा स्वर दिए । मङ्गलबारेकै दिपेन्द्र पराजुली, आशिष खनाल, शिसिर रिजाल, पंकज श्रेष्ठले त्यस गीतमा मोडललिङ गरेका छन् भने मङ्गलबारे कै यूवाहरु यूवा प्रकाश बराईलीले निर्देन, क्यामरा र सम्पादन गर्न उक्त सोलमारी छिरेका थिए । रेडियोमा आरे जे समेत रहेकी संचारकर्मी रीता राईले सञ्चालन गरेको सोलमारीमा भएको पूर्ण गतिविधिका लागि माथिको भिडियो हेर्नुस ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment