किरात राई विद्यार्थी संघको अध्यक्षमा बिर्सिका

टीका खतिवडा
इलाम २८ मंसिरः  किरात राई विद्यार्थी संघको आठौँ राष्ट्रिय सम्मेलन बिर्सिका राईको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्य समिति चयन गर्दै मंगलबार सम्पन्न भएको छ । इलाम सदरमुकाममा सम्पन्न सम्मेलनले ३५ सदस्यीय कार्य समिति तथा ५९ सदस्यीय केन्द्रिय कार्य परिषद गठन गरेको हो । सम्मेलनले उपाध्यक्षद्धय जितेन राई र रामचन्द्र राईलाई चयन गरेको छ ।  महासचिवमा सोवित राई, सचिव रविन राई, कोषाध्यक्ष प्रविना राई र सह कोषाध्यक्षमा सन्तोष मुुग्मीम राई चयन भएका छन्  । सदस्यहरुमा अञ्जिल राई, दिवेन राई, प्रभा राई लगायत रहेका छन् ।
गत २६ गते सुरु भएको सम्मेलन २८ गते सम्पन्न भएको हो । सम्मेलनमा १६ जिल्ला सहित कास्की र काठमाडौं उपत्यकाका प्रतिनिधि इलाम आएका थिए । १५ जना सचिवालय सदस्य र ११ जना पदाधिकारी रहने जनाइएको छ ।  यसै क्रममा इलामको सातौँ जिल्ला सम्मेलन समेत सम्पन्न भएको छ । सम्मेलनले अन्वेश थुुलङुराईको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा राम राई, सचिव पवित्रा राई, सहसचिव बिना खालिङ राई, कोषाध्यक्ष सोभाना राई चयन भएका छन् । समितिको सदस्यहरुमा शिल्पा राई, निशा राई, इशाा राई, धिरेन राई लगायत रहेको जनाइएको छ ।
बिर्सिकाका कुरा...
स्थाई घर खोटाङ भएकी नव निर्वाचित केन्द्रिय अध्यक्ष राइले शिक्षामा रहेका विकृति हटाउन आफुु लागि पर्ने बताइन् । उनले लामो समय सम्म किरात राई विद्यार्थीकै क्षेत्रमा काम गरेको र त्यसैको अनुुभव सङ्गालेको बताइन् । संगठनले बोकेका मुद्दा स्थापित गर्न, विद्यार्थीका हकहितका कार्यमा आफुलागि पर्ने उनले बताइन् । दुुई वर्षको कार्यकालमा कार्यक्रम र योजना बनाउने किरावि भित्र रहेको विभेदको अन्त्य गर्ने उनको धाारणा छ । जारी संविधानमा भाषा र धर्म, संस्कारहरुको समावेश गरि सम्वर्धन र सुुरक्षा गरिनुु पर्ने उनको माग छ । उनले जुुन सुुकै निकायमा होस या आन्दोलनमा समेत पहलकदमी र संघर्ष गर्ने बताइन् । शिक्षामा भएको विभेद अन्त्य गरिनुु पर्ने, शिक्षा सम्पुुर्ण जनताका छोराछोरीले पाउन सक्नुे र सर्व सुुलभ हुुनुपर्ने उनको माग छ । उनले ब्यवहारिक र वैज्ञानिक खालको शिक्षा हुुनुपर्नेमा जोड समेत दिइन् ।
इलाम घोषणा पत्र समेत जारी
इलाममा सम्पन्न सम्मेलनले २४ बुुँदे घोषणा पत्र समेत जारी गरेको छ । घोषणा पत्रमा जातिय पहिचान सहितको स्वायत्त प्रदेश घोेषणा गरिनुु पर्ने, किरात स्वायत्त राज्य घोषणा गरिनुपर्ने, प्रशासन संयन्त्रमा जनसंख्या प्रतिशतमा कर्मचारी नियुुक्ति गरिनुु पर्ने, उच्च मावि तह सम्म निशुुल्क शिक्षाको ब्यवस्था गरिनुु पर्ने उल्लेख छ । त्यस्तै धर्म निरपेक्षलाई संस्थागत गर्नुु पर्ने, शैक्षिक माफिया तथा नीतिगत लगायतका भ्रष्टाचार विरुद्ध अभियान चलाइने, नवीन किरात जागरण अभियानलाई राज्य, थुुम, जिल्ला, इलाका देखि इकाई सम्म सञ्चालन गर्ने घोषणा पत्रमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment