‘आवाशीय कार्यक्रमका लागि अन्तु कटेज उत्कृष्ट’

अन्तुडाँडा, ६ पुषः गत वर्षदेखि सञ्चालनमा आएको अन्तु कटेजले आवास तथा कन्फ्रेन्स हलको सुविधा सञ्चालनमा ल्याएको छ । सञ्चालनमा आउदा कटेजले रेष्टुरेण्ट र बारको मात्र सुविधा दिदै आएको थियो । १ सय जना एकसाथ अटाउन सक्ने क्षमता भएको हल निर्माण गरी कटेजले सुविधा शुरु गरेको हो । विभिन्न तालिम, गोष्ठि, सेमिनार, विभिन्न संघसंस्थाका साधारणसभा तथा अधिवेशनहरु सञ्चालन गर्न मिल्ने कटेजले व्यवस्था गरेको सञ्चालक कुमार श्रेष्ठले बताए । नेपाल पत्रकार महासंघ इलाम शाखाले सञ्चालन गरको तीन दिने पत्रकारिता तालिमको समापन पनि सोही हलमा बुधबार सम्पन्न गरेको छ । समापन कार्यक्रममा बोल्दै समाल्बुङ गाविसकी सचिव इन्दिरा लामाले अन्तुमा जिल्लास्तरीय कार्यक्रम आयोजना भएकोमा खुसी व्यक्त गरेकी थिइन् । पत्रकार महासंघका अध्यक्ष रोहितचन्द्र भट्राईले पनि फोटोपत्रकारिताका लागि अन्तु उपर्युक्त स्थान भएकोले अन्तु छनौट गरिएको बताए ।  अन्तु कटेजले आवाशीय सुविधा भर्खरै शुरु समेत गरेको छ । ३० जनालाई एकसाथ आवासको सुविधा दिन सक्ने आकर्षक कटेजहरु नै अन्तु कटेज मिनी रिसोर्ट परिसरमा निर्माण गरिसकेको छ । ठूला ठूला कार्यक्रमको आयोजना गर्दा पनि कटेजले विभिन्न होमस्टेको सहयोगमा धेरै सङ्ख्यामा मानिसहरुलाई एकसाथ सुविधा दिन सक्ने सञ्चालक श्रेष्ठले बताए । 
वातावरण, वरपरको मनमोहक चियाबारी, अन्तुपोखरी र सुर्योदयका कारण अन्तुकटेज उत्कृष्ट कार्यक्रमस्थल हुने उनले दाबी गरे । उनले भने, ‘आवाशीय कार्यक्रमहरुको आयोजना गर्नको लागि इलाम जिल्लाकै उत्कृष्ट हब अन्तु कटेज हो ।’ उनले जिल्लास्थित सरोकारवाला निकायहरुले अन्तु कटेजमा गएर कार्यक्रमको आयोजना गरिदिन अनुरोध समेत गरे ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment