फिदिम, ६ पुस ः माछापुछ बैंक लिमिटेड फिदिम शाखाले नांगीन मावि पुलभञ्ज्याङका १६ जना छात्रछात्रा र विद्यालयलाई मंगलबार एक कार्यक्रमको आयोजना गरि शैक्षिक सामग्रि प्रदान गरेको छ । बंैकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थी र विद्यालयलाई शैक्षिक सामग्रि प्रदान गरिएको बैंकले जनाएको छ ।
विद्यालयको कक्षा १ देखि १० सम्म अध्ययनरत विपन्न र जेहेन्दार १६ जना छात्रछात्रालाई समथिङ फाउण्डेसन सँगको समन्वयमा बैंकले सामग्रि प्रदान गरेको हो । छात्रलाई कमिज, पेष्ट, जुत्ता मोजा र छात्रालाई सर्ट फ्रक जुत्ता र मोजा प्रदान गरेको हो ।
विद्यालयलाई ग्लोव सहित राष्ट्रिय झण्डा, राष्ट्रिय जनावर तथा विज्ञान र गणित विषयका शैक्षिक सामग्री उपलव्ध गराईको हो । शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै बैंकका शाखा प्रवन्धक टेकवहादुर बस्नेतले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विगत वर्षहरुमा सदरमुकाम केन्द्रीत कार्यक्रमलाई यो वर्ष ग्रामिण क्षेत्रसम्म विस्तार गरिएको जानकारी दिए । समथिङ फाउण्डेसनका अध्यक्ष मंगलवहादु बेघाका अनुसार वितरित सामाग्री ३० हजार मूल्य बराबरको हो ।

0 comments:
Post a Comment