हिंसारहित महिला मैत्रीपूर्ण फुटबल खेल्दै अभियान सम्पन्न

इलाम, २५ मंसिरः लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियानको इलाममा पनि विविध कार्यक्रम गरि समापन गरिएको छ । ‘घर शान्ति नै विश्व शान्तिको आधारः दीगो विकासका लागि लैङ्गिक हिंसा रहित समाज’ भन्ने राष्ट्रिय नारा सहित इलाममा १६ दिन सम्म हिंसालाई निरुत्साहित गर्ने कार्यक्रमहरु आयोजना गरिएको थियो । ‘विश्व शान्तिका लागि घरमा शान्तिः शिक्षा सबैका लागि सुरक्षित बनाऔं’ भन्ने अन्तराष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान विश्वभर मनाइएको थियो । सुर्योदय नगरपालिका, इलाम नगरपालिका र देउमाई नगरपालिकामा बैदेशिक रोजगारमा गएका पुरुष या महिलाका दम्पतिसँग लैङ्गिक हिंसा न्युनिकरणका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो भने इलाममा कार्यरत सञ्चारकर्मीहरुसँग अनर्तक्रिया गरि लैङ्गिक हिंसा न्युनिकरणको लागि सञ्चामाध्यमले खेल्ने भुमिकाको विषयमा चर्चा गरिएको थियो । अहिंसाको प्रतिक सेतो रिवन पहिरिएर अभियानर्ताहरुले नोवेम्भर २५ देखि डिसेम्बर १० सम्म हिंसाको विरोध गर्दै अन्याय नसहने प्रतिबद्धता गरेका थिए । महिला तथा बालकालिका कार्यालय इलामले अभियानको नेतृत्व गरेको थियो । जिल्लास्थित सरोकारवाला संघसंस्थाहरुले कार्यक्रमलाई सफल बनाउन अभियान अन्तरगतका कार्यक्रममा आर्थिक तथा प्राविधिक योगदान गरेका थिए । सुनगाभा विकास संस्था, महिला जागरण संघ इलाम, चियाबारी दैनिक जस्ता संस्थाहरुले कार्यक्रमलाई सफल बनाउन  १६ दिनको दौरानमा विभिन्न गतिविधि गरेका थिए ।  बरबोटे गाविस स्थित विब्ल्याटे बजारको खेलमैदानमा शनिबार मैत्रीपूर्ण महिला फुटबल खेलको आयोजना गरि अभियानको समापन गरियो । 
खेलमा सरकारी र गैरसरकारी क्षेत्र गरि दुई टीमको सहभागीता रहेको थियो । सरकारी क्षेत्रमा कार्यरत महिलाहरुले गैसस क्षेत्रमा कार्यरत महिलाको टीमलाई १ का विरुद्ध २ गोल गरि विजय हासिल गरे । गोलरहित बराबरीमा खेल सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । टाइब्रेकरबाटमात्र सो नतिजा प्राप्त भएको थियो । सरकारी तर्फबाट नेपाली सेना कालिध्वज गणकी शर्मिला राईले एक गोल तथा सशस्त्र प्रहरी बल श्रीअन्तु गूल्मकी सरिता खत्रीले अर्को गोल गरेकी थिइन् । यसैगरि गैससका तर्फबाट युविना लिम्बुले शान्त्वना एक गोल गरेको अन्तरपार्टी महिला सञ्जाल इलामकी उर्मिला तामाङले जानकारी दिइन् । 
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जनकराज दहाल, स्थानीय विकास अधिकारी ध्रुबबहादुर खड्का, प्रहरी प्रमुख शुशिल यादव, नेपाली सेनाका मेजर हरि पाण्डे, सशस्त्र प्रहरी प्रमुख चेतराज जोशी, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
विजयीलाई नगद रु ५ हजार तथा प्रमाणपत्र प्रदान गरिएको थियो भने उपविजेतालाई नगद रु २ हजार तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । यो सँगै अभियान सम्पन्न भएपनि बर्षभरि नै लैङ्गिक हिंसाका कार्यक्रमहरु निरन्तर सञ्चालन हुने महिला तथा बालबालिका कार्यालय इलामकी प्रमुख स्किम श्रेष्ठले बताइन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment