इलाम, २५ मंसिरः मेची बहुउद्देश्यीय समाज इलामले ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । शनिबार इलाम नगरपालिकाको ७ नम्बर बडा समितिको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो । ८० बर्ष उमेर पार गरेका स्थानीय २ महिला र एक जना पुरुषलाई कार्यक्रमबिच दोसल्ला ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा इन्द्रप्रसाद भण्डारी, शुभकुमारी खड्का र गंगामाया अधिकारी रहेका छन् । इलामका शिक्षासेवी वेदप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न सोहि कार्यक्रममा समाजको चौथो अधिवेशन समेत सम्पन्न भयो । अधिवेशनले खुसविर अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षमा नन्दलाल लुइटेल, सचिवमा किशोर भण्डारी, सहसचिवमा विवेक थापामगर, कोषाध्यक्षमा नारायणप्रसाद पोखरेल रहेका छन् । यसैगरि सदस्यहरुमा मनकुमार विक, राधिका विक, शर्मिला अधिकारी, धनबहादुर काफ्ले, खुमबहादुर रिमाल र रमेश अधिकारी रहेका छन् ।
समाजले प्रत्येक बर्ष नपा स्थित ७ नम्बर वार्डका ज्येष्ठ नागरिकहरुलाई सम्मानित गर्दै आएको छ । समाजका निवर्तमान अध्यक्ष तेजप्रसाद पोखरेलले ज्येष्ठ नागरिक समाजका धरोहर र समाजबाट उपेक्षित बर्ग समेत भएकोले सचेत नागरिकले उनीहरुलाई सम्मान गर्नुपर्ने बताएका थिए ।
0 comments:
Post a Comment