एकै परिवारका सातमध्ये दुर्ई बालबालिकालाई पढ्ने वातावरण मिल्योे


बरबोटे, २६ मंसिरः इलाम नगरपालिका भित्रै एकै घरका सात बालबालिका विद्यालय जानबाट वञ्चित शिर्षकमा इलाममा सञ्चालित रेडियो तथा पत्रिकामा पत्रकार उर्मिला सुवेदीले तयार पारेको समाचारहरु दुईहप्ता अघिमात्र प्रकाशन तथा प्रशारण भएपछि उक्त समाचारको प्रभाव परेको छ । इलाम नगरपालिका ९ स्थित धुरा बस्तीका दलित समुदायका एकै परिवारका सातजना बालबालिका पढ्नबाट वञ्चित भएको समाचार सञ्चारमाध्ययमा आएपछि अहिले उक्त परिवारका दुईजना बालबालिकालाई पढ्ने वातावरण मिलाइएको छ । दलित समुदायका ११ वर्षिया बबिता बिक र उनको दाजु १२ वर्षिय पप्पु बिकलाई बरबोटे स्थित अमर माध्यमिक विद्यालयमा जिल्ला शिक्षा कार्यालय इलामको पहलमा विद्यालयले पढ्ने वातावरण मिलाइएको हो । उक्त विद्यालयमा सञ्चालित बौद्धिक अपाङ्ग श्रोत कक्षामा नै राखेर उनीहरुलाई उक्त माविमा पढ्ने वातावरण मिलाएको श्रोत कक्षाका प्रधानाध्यापक दिनमणि भट्टराईले बताए ।  सो दुईजना बालबालिकालाई पढ्नका लागि इलाम नगरपालिका कार्यालयले दुइ÷दुइजोर विद्यालय पोशाकका साथै अन्य पोशाक र जुत्ता चप्पल उपलब्ध गराएको छ भने, जिल्ला शिक्षा कार्यालयले एक–एकथान स्कूल ब्याग उपलब्ध गराएको छ । अझै विद्यालय जान नपाएका सोही परिवारका अन्य पाँचजनालाई पनि अन्य कुनै विद्यालयमा लगेर पढाउने ब्यवस्था मिलाउन पहल भईरहेको जिल्ला शिक्षा अधिकारी टंकप्रसाद गौतमले बताए । पढ्ने वातावरण मिलाईएका दुई बालबालिकालाई भने बौद्धिक अपाङ्ग श्रोत कक्षामा लगेर राखिसकेको बताइएको छ । विद्यालय जाने उमेरका ति बालबालिकाले अहिलेसम्म विद्यालय समेत देखेका थिएनन् ।



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment