सुनगाभा साकोसमा पुनः इश्वर

इलाम, २६ मंसिरः सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको सातौं अधिवेशनले इश्वकुमार सुवेदीको अध्यक्षतामा ११ सदस्सीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । समितिको उपाध्यक्षमा चन्द्रमणि भट्टराई, सचिवमा नरेन्द्र खड्का, कोषाध्यक्षमा गोपाल पौड्याल रहेका छन् । समितिका सदस्यहरुमा यसोदा देवान, नविन लामिछाने, गंगा उप्रेती, तारा बुढाथोकी, निर्जला खड्गी, बालकृष्ण बस्नेत र जीवन कोइराला रहेका छन् । सातौं अधिवेशनले लेखा समिति समेत चयन गरेको छ । गणेश अधिकारीको संयोजकत्वमा गठित लेखा समितिको सदस्यहरुमा टिका बराल र हरिकेश शर्मा रहेका छन् ।  सुनगाभा बचत तथा ऋण सहकारी संस्थाको १४ औं साधारणसभामा अध्यक्ष इश्वकुमार सुवेदीद्वारा प्रस्तुत भावी कार्यक्रमलाई सभाले सर्वसम्मत पास गरेको थियो । संस्थाले आर्थिक बर्ष २०७२÷७३ मा कुल ८ करोड १ लाख त्रियत्तरहजार रुपैयाँ बराबरको कारोबार गरेको थियो । सभाले आगामी बर्षमा ९ प्रतिसतका दरले आफ्नो कारोबार बृद्धि गर्ने लक्ष राखेको छ । सभामा संस्थालाई योगदान पु¥याउने विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment