इलाममा पाँच महिना भित्र महिलाका मात्रै ३९१ मुद्दा दर्ता

इलाम २० मंसिर : महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार महिला तथा बालबालिका कार्यालय इलामले सञ्चारकर्मीसँग अन्तरक्रिया सम्पन्न गरेको छ । कार्यक्रममा महिला हिंसा विरुद्ध जिल्ला प्रहरी कार्यालय इलाममा परेका उजुरी र सुनुवाईका विषयमा इलामका प्रहरी प्रमुुख शुुसिलकुमार यादवले जानकारी गराएका थिए । 
उनका अनुुसार जिल्लामा यस आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालयमा १९ वटा मुद्दा दर्ता भएका छन् । बहुविवाहका ३, जबरजस्ती करणीका १०, जबरजस्ती करणी उद्योग ६ वटा घटना दर्ता भएको उनले जानकारी दिए । त्यस्तै जिल्लामा यस आर्थिक वर्षमा १३ जना महिलाले आत्महत्या गरेको जनाइएको छ । त्यस्तै जिल्ला अदालत इलाममा समेत महिलाका विषयमा परेका उजुुरी र सुुनुवाईका विषयमा कार्यालय प्रमुुख भवानी चौहानले जानकारी गराएका थिए । उनका अनुुसार महिलाका विषयमा मात्र ३ सय ९१ थान मुुद्दा दर्ता भएका छन् । त्यसमा सबैभन्दा बढि एक सय पाँचवटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । 
त्यस्तै बहुुविवाहका ७, मानाचामलका ७, घरेलु हिंसा १, गाली बेईज्जतीका दुुई लगायतका घटना दर्ता भएको उनले जानकारी दिए । कार्यक्रममा महिला विकास कार्यालय इलामकी प्रमुख स्किम श्रेष्ठले समेत कार्यालयले गर्ने कामका विषयमा जानकारी गराएकी थिइन् । प्रमुुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला विकास कार्यालय इलामका स्थानिय विकास अधिकारी ध्रुुवकुमार खड्का लगायत जिल्ला स्थित सञ्चारकर्मीको सहभागिता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment