प्राविधिकहरुलाई प्रशिक्षण

इलाम २० मंसिर : अमेरिकन टेक्नोलोजीबाट निर्माण गरिएको मार्भेल टेक्नोप्लास्टले जिल्लामा रहेका प्राविधिकहरुका लागि एक दिवशिय प्रशिक्षण कार्यक्रम सोमबार इलाम सदरमुुकाममा सम्पन्न गरेको छ । जिल्लाका करिब सत्तरी जना प्राविधिकहरु सहभागी प्रशिक्षणमा कम्पनीका पुुर्वाञ्चल मार्केटिङ मेनेजर सुुदिप नेपाल, सिनियर मार्केटिङ एजुुकेटिभ राहुुल कुमार गुुप्ता मार्केटिङ एजुुकेटिभ रोशन केशी लगायतले सहजीकरण गरेका थिए । नेपालमा आठ वर्षदेखी सञ्चालित यस कम्पनीले भर्खरै बजारमा ल्याएका नयाँ उत्पादनका बारेमा समेत सहभागीहरुलाई जानकारी गराएको थियो । एनएसइ सर्टिफिकेट प्राप्त विश्व प्रख्यात कम्पनी मार्भेल इकोड्रेन लिड फ्री, मार्भेल प्युुरिफ्लो, बिजुुलीको अन्डरग्राउन (भित्री) र बाहिरी जल्न नसक्ने एकमात्र प्रोडक्ट यस कम्पनीले बजारमा ल्याएको सिनियर एजुुकेटिभ राहुुल गुुप्ताले जानकारी दिए । उनका अनुुसार चिसो–तातो पानीका लागि प्युुराफ्लो अत्यन्तै उपयोगी भएको साथै बोरिङको लागि मार्भेल वोरिवेल बजारमा आएको समेत जानकारी दिए । उनीहरुले यसका उपयोगिता र सरलताका बारेमा समेत जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment