इलाम २० मंसिर: असार ३० गते सोयाक १ का २० वर्षीय प्रेम राईले १३ वर्षकी शारीरिक अपाङ्गता भएकी एक बालिकालाई घर नजिकको जंगलमा लगेर बलात्कार गरेको उजुरी प्रहरीमा प¥यो । उनलाई अहिले प्रहरीले गिरफ्तार गरेर जिल्ला अदालतमा मुद्दा चलाई रहेको छ । यो सँगै बितेको एक वर्षमा इलाममा विभिन्न बहानामा १६ बालिका र ८ महिला बलात्कारको शिकार बनेको एक तथ्याङ्क सोमबार सार्वजनिक गरिएको छ । इन्सेक प्रतिनिधि कोकिला ढकालले कार्यक्रममा सो भयावह तथ्याङ्क प्रस्तुत गर्दै यो भयावह समस्याको रुपमा मौलाउन थालेको बताइन् । इन्सेकको वार्षिक विवरणमा बलात्कारको अनेक रुपको बारेमा ढकालले चर्चा गरेकी छन् । बलात्कारको घटनामा नौ बर्षकी बालिका देखि ६८ बर्षकी जेष्ठ नागरिक समेत पीडित बनेको प्रहरीको विवरणमा पनि उल्लेख छ ।
इलामको चमैतामा विवाह गर्ने बहानामा ललाईफकाई १७ वर्षीया बालिकालाई चमैता–८ का २८ वर्षीय मञ्जिल राईले बलात्कार गरेको ढकालले जानकारी दिइन् । ‘जेठ २७ गते विवाह गरौं भनी फकाएर लिएर हिँडेका राईले एक घरमा बास बस्न डेरा मागी सोही स्थानमा बलात्कार गरेको प्रहरी स्रोतको भनाइ छ ।’ इन्सेक प्रतिनिधि ढकालले बताइन् । घरबेटीले बलिकामाथि बलात्कार भएको थाहा पाएर पीडितका आफन्तलाई खबर गरेका थिए । सवारी चालकसमेत रहेका राईविरुद्ध बालिकाका आफन्तले जेठ २७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । उजुरीलगत्तै गिरफ्तार गरिएका राईविरुद्ध प्रहरीले जेठ २८ गते जिल्ला अदालतमा जबर्जस्ती करणीसम्बन्धी मुद्दा दर्ता गरेको प्रतिवेदनमा उल्लेख छ । एक बर्षमा गत बर्षको यहि अवधिमा भन्दा ३ वटा बढि अथवा २४ वटा घटना भएको इन्सेकले जनाएको छ । गत बर्ष २१ वटा बलात्कारका घटना भएका थिए ।
एक बर्षमा बहुबिबाहका सात, परिवारबाट वेवास्था गरीएको १, घरेलु हिंसाका ४१ बालविवाहको १ घटना भएको ढकालले जानकारी दिइन् । महिलाहिंसाको घटना बढेसगै प्रहरलिे दोषीको खोजी र कारवाहिलाई तिव्र बनाएको इलामका प्रहरी प्रमुख शुशिलकुमार यादवले बताए । उनले भने, “महिला तथा बाल बालिकाको संरक्षण र दोषीलाई कारवाहिका लागि चनाखो भएर काम गरीरहेका छौ ।” सोमबार मानवअधिकार मञ्च नेपाल इलामले मानवअधिकार वर्ष पुुस्तक वार्षिक समिक्षा तथा जिल्लाको समग्र मावअअधिकारको अवस्थाबारेमा छलफलका क्रममा इन्सेक प्रतिनिधि ढकालले सो प्रतिवेदन प्रस्तुुत गरेकी थिइन् । कार्यक्रममा मञ्चका कार्यक्रम अधिकृत योगराज सापकोटाले जिल्लामा भएका जल्दावल्दा समस्या र सामधानका विषयमा फरक प्रतिवेदन प्रस्तुुत गरेका थिए । सोहि कार्यक्रममा आप्रवासी कामदारको अधिकार सम्वन्धमा समेत छलफल गरिएको थियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रीय निर्देशक झंकरबहादुुर रावलले सहजीकरण गरेका थिए ।

0 comments:
Post a Comment