इलाममा स्वास्थ्य बिमाको प्रभाव न्युुन, पुुग्दैनन् दर्ता सहयोगी घरघरमा


इलाम २९ मंसिर ः सरस्वती मावि जिर्मलेका प्रधानाध्यापक डुुकराज पौडेललाई सरकारले ल्याएको स्वास्थ्य बिमाका वारेमा राम्रो जानकारी नै छैन । स्वास्थ्य विमा लागुु गरेको भन्ने सामान्य जानकारी भए पनि कति रकम तिर्दा कति मुुल्य बराबरको सेवा सुुविधा सरकारले उपलब्ध गराउँछ, कहाँबाट सेवा पाइन्छ अनि स्वास्थ्य बिमा गर्दा कसलाई सम्पर्क गर्ने भन्ने नै जानकारी कतैकसैबाट प्राप्त नभएको उनले बताए । 
माध्यमिक विद्यालयका प्रधानाध्यापक जतिको शिक्षित ब्यक्तिलाई नै सरकारले लागुु गरेका सेवा सुुविधाका वारेमा जानकारी गराइँदैन भने सामान्य लेखपढ नै नभएका ब्यक्तिहरुलाई त बिमा अनि स्वास्थ्य बिमा नै के हो थाहा नहुुन सामान्य कुरा हो । प्रधानाध्यापक पौडेललाई बिमाका बारेमा जानकारी दिन र लागुु भइसकेको स्वास्थ्य बिमा गराउन कोहि पनि उनी सामु नपुुगेको उनले वताए ।  प्रधानाध्यापक पौडेले रेडियोको समाचारमा सामान्य जानकारी पाए पनि उनको परिवारमा जानकारी सहित कोहि नआएको उनले वताए । उनले भने–‘खै मलाई त स्वास्थ्य बिमाको वारेमा केहि थाहा छैन, न मलाई कसैले भनेको छ, न बिद्यालयबाट नै सुुचना गरेको छ ।’  पौडेल मात्र हैन सोयाङका मोहन पोख्रेललाई पनि यसको बारेमा केहि जानकारी छैन । यो संवाददाताले टेलिफोन सम्पर्क मार्फत –‘तपाईलाई स्वास्थ्य बिमाको बारेमा केहि थाहा छ ?’ भनेर सोध्दा उनले –‘अँह केहि थाहा छैन त, कता पचास हजार सम्मको निशुुल्क उपचार हुुन्छ भन्ने हल्ला चै सुुनेको, त्यस पछि केहि थाहा छैन, बरु तपाइँलाई थाहा छ भने भन्नुु त...’ 
उनलाई फोनबाट नै स्वास्थ्य बिमाबारे सामान्य जानकारी गराउँदा मात्र उनले भने –‘हैन सारै राम्रो पो रैछ त तर कोहि आउँदैनन् यस्तो बिमा गराउन ।’
यता देउमाई नगरपालिका सात रुद्र निमाविका शिक्षक निर्मल आचार्यलाई समेत स्वास्थ्य विमाका वारेमा राम्रो ज्ञान छैन । उनले भने –‘ब्यक्तिगत रुपमा मलाई सामान्य जानकारी नै नभएको भने हैन तर यसको बारेमा यहाँका अभिभावक, बिद्यार्थी कसैलाई पनि स्वास्थ्य बिमाका बारेमा जानकारी गराउन कोहि पनि आएको छैन ।’ उनले थपे–‘ न मलाई कसैले भेटेर भने, न घरैमा आएर बिमा गरौँ भने कोहि आएकै छैन, कसरी होस त धेर जानकारी पनि ?’
साखेजुुङ चारका गोविन्द ढकाललाई समेत स्वास्थ्य विमा बारे जानकारी छैन । उनलाई पनि कसैले बिमा गराउन र बिमा सम्वन्धि जानकारी गराउन कोहि पनि नपुुगेको ढकालले वताए  ।
उनीहरु त नमुुना पात्र मात्र हुुन् । उनीहरुबाहेक जिल्लाका धेरै मानिसलाई स्वास्थ्य बिमा र यसका फाइदाका वारेमा जानकारी नै छैन र खटाइएका दर्ता सहयोगी घरघर नपुुग्दा  धेरै मानिसहरु बिमाबाट बञ्चित नै भएका छन् । 
बिक्रम संवद २०६८ सालको जनगणना अनुसार जिल्लाको जनसङ्ख्या दुुई लाख नब्बे हजार दुुई सय चवन्न छ । त्यस यता पनि पक्कै इलाममा जनसङख्या थपियो तर स्वास्थ्य बिमा गराउने जिल्लावासीको जनसङख्या भने ज्यादै न्यून छ । हाल सम्म जिल्लामा सात हजार, आठ सय पचास जनाले मात्र स्वास्थ्य विमा गराएको सामाजिक स्वास्थ्य सुुरक्षा विकास समिति इलामका प्रमुुख हार्दिक सापकोटाले वताए ।  
गाउँगाउँमा दर्ता सहयोगी राखेर उनीहरुलाई स्वास्थ्य बिमा गराउन परिचालन गरिएको भन्ने गरिए पनि धेरै गाउँमा दर्ता सहयोगी घरघरमा नपुुगेको स्थानीय वासी वताउँछन् ।   
स्वास्थ्य सेवामा सवैको पहुुँच वढाउने र कम शुुल्कमा ठुुलो रकमको औसधि उपचार गर्ने उदेश्यले स्वास्थ्य बिमा लागुु गरेको भने पनि इलाममा यसको प्रभाव ज्यादै न्युुन देखिएको छ । पहिलो पटक इलाम सहित कैलाली र बाग्लुुङ जिल्लामा लागुु गरिएको स्वास्थ्य बिमा नमुुनाका रुपमा सञ्चालन गरेको सरकारले वताउँदै आएको छ । लागुु भएको जिल्लामा सामाजिक स्वास्थ्य बिमा कार्यक्रमको नतिजा नै यस्तो भएपछि अन्य बिमा लागुु गर्न लागेको जिल्लामा यो अभियान सफल बनाउन अझ गाह्रो देखिएको छ । 
गाविसमा एक हजार घरधुरी वरावर एक दर्ता सहयोगी राखेर काम अगाडी वढाइएको जनाइएको छ । प्रत्येक गाविसमा एक÷एक जना पर्ने गरी दर्ता सहयोगी खटाएको छ भने केहि गाविसमा त त्यो भन्दा माथि नै दर्ता सहयोगी भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । दर्ता सुरु गर्दा सुरुमा जिल्ला भित्र चौसठ्ठी जना दर्ता सहयोगी राखेको भएपनि हाल बाहुुन्न जनाले मात्र काम गर्दै आएको प्रमुुख सापकोटाले वताए । उनका अनुुसार उनीहरुलाई बिमा गराएवापत प्रतिब्यक्ति चालिस रुपैयाँ प्रदान गरिन्छ । 
स्वास्थ्य बीमा कार्यक्रम मार्फत सदस्य लिएपछि जिल्लाका प्याङ, पशुुपतिनगर, सुुर्योदय गरपालिकाको फिक्कल र देउमाई नगरपालिकाको मंगलबारे प्राथमिक स्वास्थ्य केन्द्र सहित जिल्ला अस्पतालबाट सेवा पाउने ब्यवस्था मिलाएको सापकोटाले वताए । त्यसै गरि जिल्ला अस्पतालमा उपचार सम्भव नभएका बिरामीहरुकालागि मेची अञ्चल अस्पताल झापा, बिएण्डसी टिचिङ अस्पताल बिर्तामोड, आम्दा अस्पताल दमक र कोशी अञ्चल अस्पताल बिराटनगर पठाइने र त्यहाँ पनि उपचार सम्भव नभएमा काठमाण्डौमा उपचारकालागि सिफारिस गरिने वताइएको छ ।  
बीमा कार्यक्रम लागुुभए पछि जिल्लामा दक्ष चिकित्सक (डाक्टर), प्रयोगशाला सहित प्राथमिक स्वास्थ्य केन्द्रमा समेत फार्मेसीको ब्यवस्था गरिएको प्रमुुख सापकोटाले जानकारी दिए । कार्यक्रम सुरु भएपछि जति नै दक्ष चिकित्सक ल्याए पनि पाउनुु पर्ने सेवाबाट नै बञ्चित बन्नुपर्दा खुुसी हुुने ठाउँ नभएको स्थानीयवासी बताउँछन् । सापकोटाले दर्ता सहयोगी मार्फत काम भइरहेको र आफुु पनि खटिरहेको वताए । दर्ता सहयोगी नपुुगेको ठाउँमा तत्काल जान आग्रह गर्ने समेत उनको भनाई रहेको छ । भौगोलिक कठिनाईले समेत समस्या भएको सापकोटाको भनाई छ । 
बिमा कार्यक्रममा दर्ता भइसकेका प्रतिपरिवार (पाँचजना) ले वार्षिक दुई हजार पाँच सय ‘प्रिमियम’ बुझाएपछि ५० हजार रुपैयाँसम्मको उपचार पाउनेछन् । एउटा परिवारमा पाँचभन्दा बढी सदस्य रहे थप सदस्यले चार सय पच्चिस रुपैयाँ वार्षिक प्रिमियम बुझाएमा १० हजार रुपैयाँको उपचार सेवा थप हुनेछ । बिमाका लागि अति गरिब परिवारको ‘प्रिमियम’ सरकारले बुझाउने उल्लेख गरेको छ । गरिब परिवारका लागि ७५ प्रतिशत र जोखिममा परेका परिवारका लागि ५० प्रतिशत ‘प्रिमियम’ सरकारले तिर्ने जनाइएको छ । लागुु भएका जिल्लामा प्रभावकारी रुपमा प्रसारप्रचार गर्न नसक्दा पनि धेरै स्थानीय स्वास्थ्य बिमाको पहुँचमा आउन नसकेका हुुन् । इलाममा गत असार १५ गतेबाट बिमा कार्यक्रम लागुु भएको हो । कार्यक्रम लागुु भएको नै साढे चार महिना विता सक्दा समेत सवै जनताका घरमा नपुुगेका दर्ता सहयोगी कहिले पुुग्लान ? त्यो भने हेन बाँकी नै छ । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment