बस र टयाक्सी एक आपसमा जुध्दा ८ घाइते (फोटो सहित)


इलाम, २२ पौष । इलामको  साखेजुङ–७ नेपालटारमा भएको सवारी दुर्घटनामा १० जना घाइते भएका छन । फिदिमतर्फ जाँदै गरेको ना ५ ख ७६८१ नम्बरको बस र राँकेबाट इलाम तर्फ आउदै गरेको मे १ ज २१२६ नम्बरको टयाक्सी एकआपसमा जुध्दा सवारी दुर्घटना भएको हो । दुर्घटनामा पाँचथर पौवा–६ बस्ने २३ बर्षिया पार्वता फुयल, पाँचथर  इङवुङ–५ का ६० बर्षिय मेघराज भट्टराई,  मोरङ पथरीशनिश्चरे–४ का ६६ बर्षिय बुद्धिमाया आचार्य, , इलाम फाकफोक–४ का ४७ बर्षिय मेगप्रसाद भट्टराई, झापा  धाइजन–४ का २३ बर्षिय केशव खनाल, , झापा गौरादह–१ का १९ बर्षिय राजेन्द्र दाहाल, सामान्य घाइते भएका छन । उनीहरुको जिल्ला अस्पताल इलाममा उपचार भइरहेको छ । फाकफोक ३ का ३० बर्षिय अनिल बस्नेतको अवस्था गम्भिर रहेकाले थप उपचारको लागी झापा रिफर गरिएको छ । त्यसै गरी टयाक्सी चालक इलाम चमैता–६ का २० बर्षिय मिलन राईको आँखामा चोट लागेकाले मेची आँखा अस्पताल र फाकफोक–२ का २४ बर्षिय सृशा बस्नेत गर्भवती रहेकाले थप उपचारको लागी विएन्डसी अस्पाल विर्तामोड रिफर गरिएको जिल्ला ट्राफिक इलामका इन्र्चाज पदम राइले जानकारी दिए ।  बस चालक प्रहरी चौकी रक्सेको नियन्त्रणमा छन । 



प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment