इलाम, २७ पुुस ः धन कमाउन विदेशिएका इलामेलीहरुको भौतिक शरीर विदेशमा नै भए पनि मन भने इलाममा नै रहने प्रवाशी इलामेली जनसम्पर्क मञ्च मलेसियाको उदार भावले प्रस्ट्याउँछ । हो, उनीहरु आर्थिक उपार्जनका लागि विदेशिए पनि जिल्लाबासीमा परेका आर्थिक समस्याहरुलाई उत्तिकै साथ दिन्छन् । उनीहरुले कहिले गरिब भएर उपचारमा खर्च जुुटाउन नसक्नेलाई ओखतीमा सहयोग गरिरहेका हुन्छन् त कहिले गरिब बालबालिकाको शैक्षिक विकासमा सहयोग गर्छन् । पछिल्लो समय उनीहरुले बालबालिका, बृद्धबृद्धा, दृष्टिविहिन र वैदेशिक रोजगारीमा ज्यान गुुमाएर टुुहुरा बनेका बालबालिकाको पठनपाठनमा सहयोग गरेर उदाहारणिय काम गरेका छन् । जनसम्पर्क मञ्चले इलाम साकाफारबाट विदेशिएकी संगिता राईका परिवारलाई नगद तीस हजार सहयोग गरेको छ । दुुई जना छोरीहरुकी आमा इलाम साकफारा ७ कि संगिता राई परिवारको आग्रहलाई बेवास्था गर्दै विदेशिइन् । धन कमाउन विदेशिएकी उनले कति धन कमाइन् थाहा छैन तर उनको जिवित शरीर फर्किएर नेपाल भने आउन पाएन । उनले मलेशियाको मरुभुमिमा नै ज्यान आहुती गरिन । साना दुुईजना नानीहरुको लालनपालनमा आर्थिक समस्या आउँदाआउँदै हजुुरआमा हब्बुुकुमारी राईले उनीहरुको हेरचाह गरिन् । जेठी छोरी रिया हाल आठ वर्षकी भइन् भने कान्छी प्रिया सात वर्षकी भइन् । वर्षेनी जन्मिएका रिया कक्षा चार र प्रिया कक्षा दुुईमा अध्ययन गर्दैछन् । रिया र प्रियाका बुुबा हाल अर्कै श्रीमती सहित काठमाडौंमा रहेको हजुुरआमा हब्बुकुमारीले जानकारी दिइन् । उनीहरुलाई मञ्चले गरेको सहयोग दुुरुपयोग हुुन नदिन साकफारामा नै रहेको मिक्लाजुुङ कृषि सहकारीमा रकम राखिने जनाइएको छ । तीस हजार सहयोग सहकारीको आवधिक बचतमा जम्मा गरिने र वर्षेनी ब्याजबाट शिक्षामा खर्च गरिने बताइएको छ । उनीहरु १६ वर्ष पुुगेपछि मात्र साँवा रकम झिक्न मिल्ने ब्यवस्था मिलाइने सहकारीकर्मी सुुशिला कार्कीले बताइन् । मञ्चले उपलब्ध गराएको रकम रिया र प्रियाकी हजुुरआमा हब्बुकुमारी, गाविस सचिव रविन दाहाल र सहकारीकर्मी कार्कीलाई संयुुक्त रुपमा हस्तान्तरण गरियो ।
त्यस्तै इलाम गोदक स्थित माईभगवती बृद्धाश्रमलाई समेत मञ्चले नगद १२ हजार सहयोग गरेको छ । सो रकम बृद्धाश्रमका राजेश पराजुुलीले ग्रहण गरेका थिए । वि.सं २०६३ सालमा स्थापना भएको बृद्धाश्रममा हाल १२ जना बृद्धबृद्धा रहेको बताइएको छ । सुरुमा असाध्यै दुःखले स्थापना गरिएको बृद्धाश्रम सञ्चालन गर्न हाल खासै कठिनाई नभएको अध्यक्ष विष्णुु दाहालले जानकारी दिइन् । उनका अनुसार हाल १२ लाख पचास हजार अक्षय कोषमा जम्मा भएको र सोही रकमको ब्याज र दाताको सहयोगले बृद्धाश्रम सञ्चालन भइरहेको छ ।
इलाम नगरपालिका चारमा रहेको राहशल बाल अनाथालयलाई समेत मञ्चले १२ हजार नगद उपलब्ध गराएको छ ।
उक्त रकम अनाथालयका राजुु ओलीले ग्रहण गरेका थिए । हाल अनाथालयमा आठ जना बालबालिका रहेको जनाइएको छ । मञ्चले दृष्टिविहिन श्रोत कक्षा बाल मन्दिर आधारभुुत विद्यालयलाई समेत नगद १२ हजार सहयोग गरेको छ । सो रकम विद्यालयका प्रधानाध्यापक कमल खत्रीले ग्रहण गरेका थिए । श्रोत केन्द्रमा हाल १० जना दृष्टिविहिनहरु रहेको प्रअ खत्रीले जानकारी दिए । उनीहरुलाई सो रकम इलाम सदरमुकाम स्थित महिला जागरण संघमा आयोजित एक कार्यक्रममा वितरण गरिएको थियो । रकम हस्तान्तरण गर्न इलामका समाजसेवी सुुदिप श्रेष्ठले समन्वय गरेका थिए । रकम लिइसकेपछि सम्बन्धित संघसंस्थाका प्रतिनिधिले पाएको रकम सही ठाउँमा प्रयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
सोही कार्यक्रममा जनसम्पर्क मञ्चका सल्लाहकार बुद्धिमान राईले अनलाईन स्काइप मार्फत सम्पर्क गर्दै सही ठाउँमा सदुुपयोग गर्न आग्रह गर्दै आगामी दिनमा पनि सहयोग गर्ने बताएका थिए । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।

0 comments:
Post a Comment