साबिक विजेता ताप्लेजुङ फाइनलमा

फाल्गुनन्द गोल्ड कप

संगीता सुहाङ
फिदिम, २२ पुष ः साविक विजेता कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । शुक्रबार  भएको सेमि फाइनलको अन्तिम खेलमा एलाभेन एरोज दुहवि सुनसारीलार्ई १–० गोल अन्तरले हराउँदै ताप्लेजुङ फाइनलमा पुगेको हो ।
ताप्लेजुङको संघर्षपुर्ण जितका लागि सेगुनले खेल सुरु भएको ३० औँ मिनेटमा गरेको गोल नै निर्णयक बन्यो । ताप्लेजुङका दीपक राइले मिलाएको पासलाई सदुपयोग गर्दै सेगुनले जाली चुमाएका थिए । सेगुनको खुट्टामा बल परेपछि सुनसरीका डिफेन्स डीबक्समा लडेपछि सेगुनलाई गोल गर्न सहज भएको थियो । 
निकै रोचक खेलमा सुनसरीले ताप्लेजुङलाई दवावमा राखे पनि जाली चुमाउन नसक्दा सेमी फाइनबाटै बाहिरिएको हो । सुनसरीले आधा दर्जन पोल चार्ज गरेको थियो । सबै प्रहार खेर गएपछि सुनसरी स्तब्ध बन्यो । सुनसरीका लागि सामसिङ र निशान लिम्बूले गरेको मिठो प्रहारबाट पोलमा बल ठोकिएर गोल हुन नसक्दा सुनसरीका समर्थक पनि स्तब्ध भए । शुक्रबार भएको सेमि फाइनलको अन्तिम खेलमा सुनसरीका सौजन राई म्यान अफ दी म्यााच घोषित भए ।  
शनिबार प्रतियोगिता स्थगित गरिएको छ । आइतबार हुने फाइनल खेलमा ताप्लेजुङ र विर्ता युनाइटेड क्लब झापा ११ बिच भिडन्त हुनेछ । प्रतियोगिताको विजेता टिमले दुई लाख ५० हजार र उपविजेता टिमले एक लाख ५० हजार नगद पुरस्कार पाउनेछन् । पराजय बेहोरेको सुनसरीका खेलाडीहरुले निष्पक्ष खेल नखेलाएकै कारण आफुहरुले हार बेहोर्नु परेको प्रतिक्रिया दिएका छन् । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment