इलाम, २२ पुसः समकालिन साहित्यिक रचना सरलताभित्रबाट सन्देश दिनुपर्ने र हर पंक्तिको स्तरीयता हुनु पर्ने एक कार्यक्रमका वक्ताले बताएका छन् । उनीहरुले फरक आयामको आयोजनामा इलाम जिविसको सभाकक्षमा शुक्रबार भएको कवि नवीन प्राचिनको उभिएर एक्लै कविता संग्रह परिचर्चा कार्यक्रममा यस्तो बताएका हुन् ।
रचना लामो हुनुपर्छ भन्ने होइन त्यसभित्र रहेका शब्द शब्दले गहनता र गहकिलो अर्थ बोकेको हुनु पर्छ । यस्ता कविताले मात्र पढिसके पछि एकछिन सोचमग्न बनाउछ भन्ने उनीहरुको ठम्याइ छ । समकालिन धारलाई बोक्न ठूला ग्रन्थ थुपार्न जरुरत छैन् । थोरैमा धेरै अटाउन सक्नु नै युवापुस्ताको दम्दार लेखनी हो, यसलाई युवापुस्ताले समात्नुपर्नेमा जोड दिए ।
उनीहरुले थोरै शब्दमा समग्र जीवनलाई समेटेर लेखेमा सदावहार कृति रहने र समाजमा बाँचिरहने कुरालाई जोड दिदै राम्रो कृति सृजना गर्न युवापुस्तालाई आग्रह गरे । नेपाली र अंग्रेजी दुवै भाषा समाजका लागी अनिवार्य भाषा बनेकोले दुवै भाषामा लेखिएका कृति पाठकसामु ल्याउनु पर्छ । जसले साहित्यमा दुवै भाषालाई बचाउन र पाठक बृद्धिमा सहयोग पुग्छ यो नै आजको आवश्यकता भएको बताए ।
लामो कथा लेखेर होइन छोटो हरफ लेखेर समाजका समसामयिक पक्षलाई उठाउने आजको साहित्यिक रचनाको धार भएको बताउदै स्रजकले स्रष्टालाई न्याय गर्नुपर्ने औल्याएका छन् । एक बसाईमा पढेर सकिने कृतिको रचना गरेर समयको माग अनुसार नै अगाडी बढ्न सुझाव दिए । कृति परिचर्चामा प्राचार्य तथा कवि राजेन्द्र बराल, डा.देवी क्षेत्री दुलाल, कवि विमल वैद्यले चर्चा गरेका कृतिमाथि कवि प्रकाश थाम्सुहाङले सहजीकरण गरेका थिए । फरक आयामका संयोजक जितेन मुस्कानको अध्यक्षतामा भएको कार्यक्रममा शंकरमणी प्रधान, शिशिर भट्टराई, कृतिकार नवीन प्राचिन लगायतले रचना वाचन गरेका थिए । प्राचिनको कविता संग्रह उभिएर एक्लैमा एक सय ८१ पेजमा ४४ शीर्षकका कविता रहेका छन् । जुन रचना नेपाली र अंग्रेजी दुवै भाषामा लेखिएको छ ।
0 comments:
Post a Comment