अन्डामा मौलाउदै तस्कर, प्रतिक्रेट सय रुपैयाँ वढी तिर्न इलामका उपभोक्ता बाध्य

इलाम, ७ माघः नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समितिले निर्धारण गरेको अण्डाको मुल्य ठूलो अन्डा प्रतिक्रेट फार्म मूल्य ३ सय ४५ र बिक्री मूल्य ३ सय ५० रुपैयाँ छ । मध्यम अन्डा प्रतिक्रेट फार्म मूल्य ३ सय २५ र बिक्री मूल्य ३ सय ३० रुपैयाँ कायम गरेको छ । तर इलाम बजारमा गएर तपाईले अण्डा खरिद गर्नुभयो भने प्रतिक्रेट एकसय देखि डेढसय रुपैयाँ महङ्गोमा किनबेच भइरहेको छ । बजार अनुगमनको अभावमा अण्डामा तस्करी मौलाएको यसबाट नै पुष्टि हुन्छ । स्थानीय जातका कुखुराले उत्पादन दिएको अण्डाको मुल्यसँग लेयर्स कुखुराको अण्डा बराबर भएपछि लोकल अण्डाको माग बढेको छ । बिहीबार चितवनका कुखुरा व्यवसायीले व्यवसायमा एकरुपता ल्याउन अन्डाको मूल्य निर्धारण गरेपछि पूर्व क्षेत्रमा अण्डा तस्करी भइरहेको खुलासा भएको हो । जिल्लालाई आधार मानी अन्डाको मूल्य यही माघको पहिलो हप्तादेखि नै लागू हुने गरी घटाइएको सङ्घका केन्द्रीय अध्यक्ष शिवराम केसीले जानकारी दिएका छन् । चितवनका व्यसायीले नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समिति र अन्डा बिक्रेताले मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेको बताएपछि नेपाल अन्डा उत्पादक सङ्घ केन्द्रीय समितिले तोकेको मुल्यदर पनि सार्वजनिक भएको हो । कालोबजारी गर्नैका लागि पूर्व क्षेत्रमा अण्डाका तस्करहरुले दुई महिना अघि अण्डाको अभाव सृजना गरेका थिए । अभावपछि सो समय यता भारी बृद्धि भएको अण्डाको मुल्यमा उपभोक्ताले अण्डा खरिद गर्न बाध्य बन्दै आएका थिए । हाल इलाममा अण्डाको प्रतिक्रेट मुल्य चारसय २० रुपैयाँ रहेको छ । कुखुरा व्यवसायी संघ इलामका अध्यक्ष दिनेश महतका अनुसार इलाम नगरपालिका र आसपास इलामबाट आपूर्ति हुने स्थानहरुमा एक दिनमा १० हजार अण्डा आपूर्ति हुने बताए । उनले दुई महिना अघि देखि अण्डाको मुल्य बढेपनि अहिले घट्ने क्रम रहेको बताए । उनले इलाममा झापा, इटहरी र चितवनबाट अण्डा निर्यात गरिदै आएको जानकारी दिए । अण्डा सप्लायर्सका कारणनै अण्डाको मुल्य बृद्धि भएको इलामका पुराना कुखरा व्यवसायी प्रविन श्रेष्ठले बताए । स्वच्छ अण्डा प्रयोग गर्ने अवधि अन्य उपभोग्य सामाग्री भन्दा निक्कै कम भएकोले विचौलियाको तस्करीको कारण अण्डाको मुल्य बृद्धि हुन नपर्ने श्रेष्ठले अनुभव सुनाए । व्यवसायीले मौसम र समयको परिस्थिति हेरी अन्डाको मूल्य हेरफेर गर्दै आएको श्रेष्ठले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment