गैर दलितले आरन चलाएपछि हट्दैछ जातिय विभेद

गोविन्द पौडेल

जिर्मले, ११ माघः समाजमा रहेको जातिय छुवाछुत क्रमशः हट्दै गएको भएपनि कामको आधारमा नेपाली समाजमा रहेको जातीय भेदभाव कायमै रहेको अवस्थामा जिल्लाको दुर्गम गाउँ जिर्मलेका एक गैर दलित युवाले आरन ब्यवसाय संचालन गरेर उदाहरणीय काम गरेका छन् । हुन त शहर तथा बजारहरुमा जातिय आधारमा कामको वर्गीकरण नभएको होला तर गाउँघरमा भने हालसम्म पनि विभेद नै भएको अवस्थामा जिर्मले–६ का सन्त कुमार राइले आरन ब्यवसाय संचालन गरेर कुनै पनि काम जातको आधारमा हैन रुचि र सीपका आधारमा गरिनु पर्छ भन्ने सन्देश दिएका छन् । नेपाली समाजमा कुनै निश्चित जातले मात्रै कुनै काम गर्नु पर्छ भन्ने धारणाले जरा गाडेको भएपनि सीप, समाजको आवश्यक्ता र रुचिको आधारमा काम गरे जीवन चलाउन सहज हुने विश्वास लिएका राईले आरन ब्यवसायबाट नै घर ब्यबहार चलाइ रहेकाछन् ।  दिनँहु नेपाली युवाहरु कामको खोजीमा विदेशिने क्रम बढी रहेको अवस्थामा गाउँघरमा नै बसेर जीवन निर्वाह गर्न सकिने मात्र हैन समाजमा विद्यमान जातिय भेदभाव जस्ता कु–संस्कारलाई समेत चुनौती दिएका सामान्य लेखपढ मात्र गर्न सक्ने  उदाहरणीय सन्तकुमार समाजका विभिन्न क्षेत्रमा क्रियाशिल र जुझारु युवा हुन् । रम्भ्याङ्ग सामुदायिक वनका निवर्तमान अध्यक्ष, सरस्वती माध्यमिक विद्यालयका निवर्तमान व्यवस्थापन समितिका सदस्य र अनेकन सामाजिक संघ सस्थामा रहेका उनले आरन व्यवसाय संचालन गर्दा समाजले के भन्ला भन्ने चिन्ता कहिले पनि नलिएको बरु आफूले गरेको कामले समाजलाई पनि फाइदा हुने र आफ्नो पनि जीवनस्तर सुधार्न सहयोगी बन्ने धारण रहेको बताउछन् । कतै र कही पनि तालिम नलिए तापनि आरनको काम गर्न सिपालु रहेका राई पुराना हतियारको मर्मत र नयाँ हतियार समेत बनाउने गरेका उनी आरन ब्यवसाय मात्रै हैन लुगा सिलाउन समेत निपूर्ण रहेका छन् । अझ तालिम लिएर काम गर्ने र आधुनिक उपकरणबाट काम गर्न पाउने हो भने जो सुकै सँग पनि काममा प्रतिस्पर्धा गर्न सक्ने बताउँछन् । जिर्मले ४, ५ र ६ का प्राय सबै मानिसहरु किसान भएपनि हालसम्म यस स्थानमा एउटा पनि आरन नहुदा हरेकले कृषि औजार निमार्ण र मर्मतको लागि अर्को गाउँ सलकपूर, तारगाउँ वा झापाको बाहुण्डागी नै दिन माया मारेर जानुपर्ने बाध्यता रहेकोमा गाउँका सबैलाई राहत मिलेको जिर्मले–४ का रुद्र रिजालले बताए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment