लेप्चा जातिको ऐतिहासिक ज्यूठीको प्रवद्र्धन गरिँदै

याम माबोहाङ लिम्बू

समाल्बुङ ३ माघः बाह्य तथा आन्तरिक पर्यटक मार्फत इलामको समाल्बुङलाई चिनाउन ऐतिहासिक स्थलको प्रवद्र्धन थालिएको छ । नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद समाल्बुङको सहयोगमा रोङ सेजुम ठी (लाप्चा उत्थान मञ्च) समाल्बुङको आयोजनामा कार्यक्रम थालिएको हो । समालबुङ–५ मा अवस्थित लाप्चा जातिको ऐतिहासिक स्थल ‘ज्यूठी’ लाई प्रचारप्रसार गरेर चिनाउन विशेष कार्यक्रम गर्न थालिएको छ । यसै अवसरमा भर्खरै भएको एक कार्यक्रममा सहभागीलाई ज्यूठीको अध्ययन अवलोकन समेत गराईएको छ । लाप्चा समुदायको नयाँ वर्षको अवसरमा गरिएको कार्यक्रममा लाप्चा राजाले प्राचिन समयमा बासस्थनको रुपमा उपयोग गरेको ऐतिहासिक स्थल ‘ज्यूठी’ को बारेमा जानकारी गराइएको थियो ।
ज्यूठीमा प्राचिन लाप्चा राजा बस्ने ठाउँ, पूजा गर्ने स्थल, छलफल गर्नका लागि बस्ने ठाउँ रहेको लाप्चा उत्थान मञ्च समाल्बुङका अध्यक्ष विकास लाप्चाले जानकारी दिए । लाप्चा राजाले सुरक्षित स्थलको रुपमा त्यस ठाउँलाई उपयोग गरेको इतिहास लाप्चा समुदायमा छ । ज्यूठीको संस्थागत अध्ययन र विकास गर्न सकेमा नेपालकै लोपोन्मुख लाप्चा जातिको यहाँको भूमिसँगको सम्बन्धको अध्ययनका लागि थप प्रमाण प्राप्त गर्न सकिने स्थानीय बीरबहादुर लाप्चाले बताए । लाप्चा जातिको ऐतिहासिक ज्यूठीलाई राज्यबाट संरक्षण प्रर्वद्धन र विकास गर्न सकेमा समग्र समालबुङको पर्यटन विकास गर्दै आम्दानीको स्रोत समेत बनाउन सकिने नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषदका अध्यक्ष सन्तोष खापुङले बताए । ज्यूठीले लाप्चा समुदायको इतिहासको बारेमा अध्ययन गर्न सहयोग मिल्ने लाप्चा इतिहासका जानकार जहरसिंह राईले भने ‘ज्यूठीले लाप्चाको इतिहासलाई पुष्ठी गर्न सहयोग गर्छ । यसले यो भूमिसँग लाप्चाको सम्बन्धको बारेमा जानकारी गराउँछ ।’
कार्यक्रमका अवसरमा सांस्कृतिक कार्यक्रम समेत भएको थियो । कार्यक्रममा तामाङ, लिम्बू, लाप्चा समुदायको लोक सस्कृति झल्किने नृत्य देखाइको थियो 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment