इलाम, ३ माघः इलामका सक्रिय पत्रकारहरु गणेश घिमिरे, सन्तोष नेम्वाङ र सुस्मा श्रेष्ठ विभिन्न पत्रकारीता पुरस्कारबाट पुरस्कृत हुने भएका छन् । इलाम नगरपालिकाले प्रत्येक वर्ष इलाम नगर क्षेत्रमा बसेर सक्रिय पत्रकारीता गरि नगरपालिकालाई योगदान पु¥याउने दुई पत्रकारहरुलाई पुरस्कृत गर्दै आएकोमा यस बर्ष नगर पत्रकारीता पुरस्कारबाट गणेश घिमिरे र सन्तोस नेम्वाङ पुरस्कृत हुने भएका हुन् ।
नेपालवाणी एफएम मा स्थापनाकालदेखिनै सकृय पत्रकारीता गरिरहेका गणेश छापा मिडियामा पनि उत्तिकै छाउने पत्रकार हुन् । सन्तोष इलाम एफएम मा कार्यरत छन् भने आदिवासी पत्रकार संघ इलामको नेतृत्व सम्हालिसकेको अनुभव पनि उनीसँग छ । नेपाल पत्रकार महासंघ इलाम शाखाको सोमबार बसेको पूर्ण बैठकले उनीहरुलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । पुरस्कार राशी प्रतिब्यक्ति नगद रु सातहजार पाँचसय रुपैयाँ रहेको छ । यसै गरि सुर्योदय नगरपालिकामा बसी सक्रिय पत्रकारीता गरि नगरपालिकालाई योगदान पु¥याउने पत्रकारलाई पहिलोपटक पुरस्कार प्रदान गर्ने सुर्योदय नगरपालिकाको निर्णयलाई सहयोग गर्दै नेपाल पत्रकार महासंघ इलाम शाखाले पत्रकार सुष्मा श्रेष्ठको नाम सिफारिस गर्ने निर्णय गरेको छ । सुनपाले नेपाल पत्रकार महासंघलाई पुरस्कारका लागि नाम सिफारिस गर्न आग्रह गरेको थियो । पुरस्कारको राशी रु ५ हजार रुपैयाँ रहेको छ ।
रेडियो फिक्कलमा कार्यरत सुष्माले लामो समयदेखि इलेक्ट्रोनिक मिडियामा पत्रकारीता गरिरहेकी छिन् । श्रेष्ठेले नेवा पत्रकार दवुमा समेत प्रतिनिधित्व गर्दै आइरहेकी छिन् ।
0 comments:
Post a Comment