आगलागी पीडितका लागि सांस्कृतिक कार्यक्रम

संगीता सुहाङ

फिदिम, २ माघ ः तेह्रथुमको संक्रान्ति बजारका आगलागी पीडितहरुलाई सहयोग गर्ने उद्देस्यले संक्रान्ति बजारमा आयोजना गरिएको बृहत सांस्कृतिक कार्यक्रममा इञ्जिनियर विरेन्द्र श्रेष्ठ गित गाउँदै मञ्चमा देखिए । काबेली  ए जलविद्युत् अयोजनाको प्रोजेक्ट मेनेजरको जिम्मेवारीमा रहेर काम गरिरहेका श्रेष्ठलाई गायकको रुपमा मञ्चमा पाउँदा आगलागी पीडित केही क्षण छक्क परे अनि उनको गीतमा छमछमि नाँचेर एक महिना अघि आगलागीले दिएको पीडा विर्सने प्रयत्न गरे । 
“हत्केलामा मुठी माटो” नामक राष्ट्रभक्ति गित गाउँदै मञ्चमा प्रवेश गरेका श्रेष्ठले आधा दर्जन गित गाएर दर्शक दिघामा रहेका आगलागी पीडितलाइ हौसला दिए । श्रेष्ठले राष्ट्रभक्ति देखि प्रेमिल गित सम्म गाउन भ्याए । तिम्रो मन सँग, घर हाम्रो लेकैमा, बल्ल बल्ल भेट भाको दिन, यो गित तिमिलाइ र हे तुल्सी आगनमा रोपौला बोलको गित गाएर श्रेष्ठले पीडितहरुलाइ हौसला दिए । कार्यक्रम सकिएपछि श्रेष्ठले आयोजकसँग आफ्नो स्वरको मूल्य मागेनन् । बरु उल्टै आगलागी पीडितका लागि भनेर पाँच हजार सहयोग गरेर पीडितको मन जिते ।  
कार्यक्रममा हाँस्य कलाकार सुलेमान शंकरले (इकु) व्यङ्ग्यात्मक प्रस्तुति दिएर दर्शकलाई हँसाए । करिब आधा घण्टाको इकुको प्रस्तुति देखेर दर्शकहरु मन खोलेर हाँसे । संस्कृतिक कार्यक्रममा कलाकारहरुको संयोजन मञ्जरी कला केन्द्रका अध्यक्ष केवल तामाङले गरेका थिए । उनका अनुसार इकुले पनि अगलागी पीडितका लागि भनेर यातायात खर्च मात्र लिएर संक्रान्ति बजारमा आफ्नो प्रस्तुति देखाएका हुन । कार्यक्रममा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहेको थियो । उक्त कार्यक्रमबाट आगलागी पीडितका लागि ७९ हजार रुपैँया संकलन भएको बताइएको छ ।  गत पुष १ गते भएको आगलागीबाट संक्रान्ति बजारका २९ घरपरिवार विस्थापित भएका छन्  ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment