सुजता सुनुवार
इलाम २ माघ: भुकम्प प्रतिरोधात्मक भवन निमार्णको पक्षमा सबै मिलेर लाग्नु नै आजको आवश्यक्ता भएको इलाममा आयोजित एक कार्यक्रमका बक्ताले बताएका छन् ।
१९ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समिति इलामले आयोजना गरेको १९औँ भूकम्प सुरक्षा दिवशको अवसरमा आइतबार गरिएको कार्यक्रममा उनीहरुले यस्तो बताएका हुन् । भूकम्प स्वयमले विनाश गर्ने नभई मानव निर्मित भवनका कारण बडी क्षति हुने उनिहरुको ठम्याई छ । समाजमा सक्षम कालीगडले अब भुकम्प प्रतिरोधात्मक भवन निमार्ण मात्र गर्ने होइन सीप उपयोग गर्न प्रतिव्यक्ति पाँच जनालाई सिकाउन सक्नु पर्नेमा जोड दिए । उनिहरुले सबै व्यक्तिमा क्षमता वृद्धि गर्नको लागि तालिम सिकेर सक्षम कालीगड बनेकाहरूलाई नजानेकाहरूसग समन्वय गर्न आग्रह गरे । विक्रम संवत १३८० बाट २०७२ सम्मको समयमा भुकम्पबाट भएको क्षतिले पहिले आफू बचौँ र अरुलाई बचाऔँ भन्ने शिक्षा दिएको औल्याउँदै उनीहरुले दिवशको अवसरमा यस्ता औपचारिक कार्यक्रम मात्र नगरी सर्वसाधारण सबैले देख्नेगरी सप्ताहव्यापी कार्यक्रम गर्न सके जनचेतना जगाउने कार्यमा सहयोग पुग्ने सुझाव दिए । कार्यक्रममा भूकम्प सम्बधिको इतिहास, भूकम्पबाट सुरक्षित रहन के गर्ने, भूकम्पीय जोखिम न्युनिकरणका रणनिति, जाखिम न्युनिकरणका उपायहरू, शहरी विकास डिविजन इलामले गरेका प्रयासहरूकोबारेमा चर्चा सहित वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको उद्घाटन डिभिजन प्रमुख कुमारप्रसाद घिमिरेले गरेका थिए । सो कार्यक्रममा शहरी विकास डिभिजन इलामको आयोजनामा भएको पाँच दिने कालीगड तालिमका ४० जना प्रशिक्षार्थीहरूलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो ।
‘भूकम्पीय सुरक्षाको बलियो आधार, भुइचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ मूल आयोजक समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेशका होम दुलाल, प्रमुख जिल्ला अधिकारी दाहाल लगायले मन्तब्य राखेका थिए ।
दिवसको अवसरमा १९ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिले ठूलो टुडिखेलबाट भूकम्पिय सुरक्षा सम्बन्धि सचेतनामूलक प्ले कार्ड सहित ¥यालि निकालेको थियो । ¥यालिले नगरको बिभिन्न भागको परिक्रमा गरेपश्चात जिल्ला विकास समिति इलामको सभाहलमा पुगेर औपचारिक कार्यक्रम सहित सम्पन्न भएको थियो ।
0 comments:
Post a Comment