फाल्गुनन्द गोल्ड कप
संगीता सुहाङ
फिदिम, २१ पुष ः विर्ता युनाइटेड क्लब झापा ११ पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विहिबार भएको सेमि फाइनलको पहिलो खेलबाट आयोजक फिदिम स्पोटिङ क्लबलाई ६–० गोल गर्दै बिर्ता युनाईटेड फाइनलमा पुगेको हो ।
विर्ता युनाइटेडको सानदार जीतका लागि विकेस लिम्बू एक्लैले दुई गोल गरे । त्यस्तै कर्ण लिम्बू, बुद्ध चेम्जोङ, कप्तान योगेस गुरुङ र देबेन्द्र तामाङले एक÷एक गोल गरेर टिमलाई उपाधी नजिक पु¥याएका हुन् । घरेलु मैदानमा राम्रो प्रदर्शन गर्न नसक्दा आयोजक फिदिमले लज्जास्पद हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
खेल सुरु भएको तीन मिनेटमै विर्ता युनाइटेडका विकेस लिम्बूले पहिलो गोल गरेका थिए । बुद्ध चेम्जोङले डिबक्सभित्र मिलाइदिएको पासलाई सदुपयोग गर्दै विकेसले जाली चुमाएका हुन् । कम्पतान योगस गुरुङको क्रसलाई सदुपयोग गर्दै विकेसले दोस्रो हाफको १२ मिनेटमा आफ्नो दोस्रो गोल गरे । खेल सुरु भएको २७ औँ मिनेटमा देबेन्द्रले अर्को गोल थपेका थिए । बुद्धले हानेको कर्नर बललाई हेड मार्फत देवेन्द्रले गोल थपेका हुन् ।
खेल सुरु भएको १३ औँ मिनेटमा बुद्धले मिलाएको पासलाइ सदुपयोग गर्दै कर्ण लिम्बूले गोल ठोकेका थिए । खेल सुरु भएको ६६ औँ मिनेटमा बुद्ध चेम्जोङले विपक्षिको जाली चुमाएका थिए । कप्तान योगले मिलाइदिएको पासलाई सदुपयोग गर्दै बुद्धले गोल ठोकेका हुन् । कप्तान योगेस गुरुङले खेल सुरु भएको ६८ औँ मिनेटमा गोल गरेर टिमका लागि सानदार जित निकालेका हुन् । खेल मैदानको झण्डै मध्य भागबाट हानेको बल फिदिम स्पोटिङका गोल रक्षक सबिन तामाङले समाउन नसक्दा योगसले हानेको बलले जाली चुमेको थियो । जवाफमा फिदिमले कुनै गोल गर्न सकेन । खेल सुरु भएको दोस्रो हाफमा फिदिमले निकै आक्रमक खेलेपनि सबै प्रहारहरु खेर गएका थिए ।
विर्ता युनाइटेडले ए डिभिजनका खेलाडीहरु मैदानमा उतारेको थियो । देबेन्द्र तामाङ, रबिन थापामगर, योगेस गुरुङ, बुद्ध चेम्जोङ र कर्ण लिम्बूजस्ता अनुभवि खेलाडी मैदानमा उतारेकाले फिदिम स्पोटिङले हार बेहोर्नु परेको स्पोर्टिङका प्रशिक्षक पासाङ तामाङले बताए ।
शुक्रबार हुने सेमी फाइनलको अन्तिम खेलमा कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ र एलाभेन एरोज दुहबी सुनसरी मैदानमा भिड्दैछन् । शुक्रबारको विजयि टिमसँग २४ गते विर्ता युनाइटेडसँग भिडन्त हुनेछ ।
0 comments:
Post a Comment