इलाम, २१ पुष ः दौँतरी साथी शिक्षकको रुपमा काम गर्ने जिल्ला भरीकै उत्कृष्ट घोषणा गर्दै परिवार नियोजन संघ इलामले मनुु धमलालाई पुुरस्कृत गरेको छ । इलाम देउमाई नगरपालिका वडा नम्बर ६ की धमलालाई नियोजन संघले बिहीबार एक कार्यक्रम बिच पुुरस्कृत गरेको हो । उनलाई संघ इलामका निर्देशक विद्याकिशोर सिंहले पुरस्कृत गरेका हुन् । वर्षेनी एक युुवा दौँतरी शिक्षकका रुपमा एक जनालाई अवार्डका रुपमा सो पुुरस्कार प्रदान गर्ने गरिएको छ । २४ वर्ष मुनिका जिल्लाका नौ किशोर किशोरी मध्ये धमलाले उत्कृष्ट काम गरेको भन्दै पुुरस्कृत गरिएको संघकी लेखापाल सुुमी सिंहले जानकारी दिइन् । सानो परिवार बनाउने उद्देश्यले प्रजजन स्वास्थ्य सम्बन्धि साथी दौतरीहरुले गाउँगाउँमा तालिम तथा प्रशिक्षण गराएका थिए । इलाम नगरपालिका सहित देउमाई नगरपालिका, साखेजुुङ र बरबोटे गाविसमा रहेका संघका क्लिनकहरु मार्फत स्थानियलाई परिवार नियोजन सम्बन्धि निशुुल्क परामर्श तथा परिवार नियोजनका साधनहरु उपलब्ध गराइँदै आइएको कार्यक्रममा जानकारी गराइएको थियो ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment