शब्दर तस्बिर : राजेन्द्र मानन्धर, दोलखा
पुस: कतिपय उच्च पहाडमा हिमपात जारी छ । कहिले हिउँ झर्छ, कहिले बादल फाटेर घामको किरण हिउँमाथि छरिन्छ । यतिखेर हिमाली क्षेत्रमा बाक्लो हिउँ छ । हिउँमा फस्ने डरले हिमाल चढ्न कोही जाँदैनन् । हिमालनजिक बस्नेहरु पनि न्यानोका लागि तलतल झर्छन् । तर, यतिखेर उच्च पहाड कालिञ्चोक, शैलुङ, हनुमन्ते र खरिढुङ्का डाँडाहरुमा हिउँ खेल्नेहरुको ताती छ । हिउँ खोज्दै पहाडहरुमा पुग्नेहरुमा धेरै चाँही जोशिला तन्नेरी देखिए ।

बुधबार त चरिकोटमा साना भाडाका मोटरहरु अरुदिनभन्दा व्यस्त भयो । अधिकांश साना मोटरहरु कालिञ्चोकतर्फ कुदिरहे । भाडामा मोटर लिएर हिउँमय कालिञ्चोकमा रमाउन युवायुवतीको भीड लागेको त्यहाँका होटल व्यवसायीहरुले बताए । पुष्पलाल मार्गमा पर्ने खरीढुंगामा यात्रुहरु ओर्लिएर हिउँमा कुदिहाल्थे ।
चार दिनदेखि दोलखाका तीन हजार मिटर अग्ला पहाडहरुले हिउँ ओढिरहेको छ । जिल्ला मुख्यालय चरिकोटको कुनै अग्लो प्वइन्टबाट हेर्दा चारैतिरका डाँडाकाँडा सेताम्मे छन् । जसमध्ये कालिञ्चोक र खरिढुगांमा बढी भीड छ । शैलुङ र हनुमन्तेमा पनि स्थानीयहरुले रमाइलो गरिरहेका छन् ।
हिउँको डल्ला एकअर्कामाथि फाल्छन् । त्यसपछि हुरीझैं हिउँमा चिप्लँदै कुद्छन् । कसैले कसैलाई लखेट्दै हिउँ छ्याप्छन् । अनि तस्बिर खिच्छन् । यसरी दिन नै कटाएको देखियो ।
लाकुरीका गाविसको खरिढुङ्गामा रहेको तालमा डुंगा सयर गर्नेदेखि हिउँमा खेल्नेहरुको भीड लागेको छ । यहाँ परेको हिउँ केही ठाउँमा हप्ता दिनसम्म पनि बिलाउँदैन । कान्तिपुरबाट
0 comments:
Post a Comment