सेगनको ह्याट्रिकमा साविक विजेता ताप्लेजुङको सानदार जित

संगीता सुहाङ

पाँचथर, २० पुस ः सेगन इएटायोको ह्याट्रिमा साबिक विजेता कर्ण सिं सोनाम स्मृति क्लब ताप्लेजुङ पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । बुधबार भएको दोस्रो चरणको अन्तिम खेलबाट चर्च व्वाइज क्लब काठमाडौंलाई ६–१ को फराकिलो गोल अन्तरमा ताप्लेजुङले सानदार जित निकालेको हो ।
ताप्लेजुङको सानदार जितका लागि सेगनको ह्याट्रिक सँगै सुनिल वलले दुई गोल र टिम क्याप्टेन निराजन खड्काले एक गोल गरे । काठमाडौंको सान्तवनाका लागि अजय मार्टिन कायोडेले एक गोल गरे । खेल सुरु भएको १३ मिनेटमा अजयले पोलमा ठोकिएर आएको बल हेड मार्फत रिवल्डिङ गोल गरेर सान्तवना गोल गरेका हुन् ।
ताप्लेजुङको जितका लागि निराजन खड्काले खेल सुरु भएको ३८ औँ मिनेटमा व्यक्तिगत गोल गरेर टिमलाई हौसाएका थिए । खेल सुरु भएको ४१ औँ मिनेटमा सेगनले विपक्षी टिमको जाली चुमाएका थिए । त्यस्तै दोस्रो हाफको एक मिनेट र खेल सुरु भएको ७८ औँ मिनेटमा गोल गर्दै सेगनले ह्याट्रिक गरेका हुन् । सुनिल वलले दोस्रो हाफको १० मिनेटमा पहिलो गोल र इञ्जुरी समयमा दोस्रो गोल गरे ।
सेगनले व्यक्तिगत रुपमा पहिलो गोल गरे भने अरु दुई गोल निराजनले निकालेको पासलाई सदुपयोग गर्दै जाली चुमाएका हुन् । रेजिन सुब्बाको क्रसमा सुनिल वलले दुई वटै गोल गरेका थिए । खेल अवधिभर ताप्लेजुङले काठमाडौंलाई दवावमा राख्यो ।
पहिलो हाफमा काठमाडौंले राम्रो प्रदर्शन गरे पनि दोस्रो हाफका काठमाडांैको फितलो प्रदर्शनमा ताप्लेजुङले गोल वर्षा गरेको हो । खेलाडीहरुको तालमेल नमिलेकाले आफ्नो टिमले नराम्ररी हार बेहोर्नु परेको टिम मेनेजर पदम गुरुङले प्रतिक्रिया दिए । बुधबार भएको खेलमा ताप्लेजुङका सेगन म्यान अफ दी म्याच घोषित भए ।
२२ गते हुने सेमिफाइनलेको दोस्रो खेलमा ताप्लेजुङ र एलाभेन एरोज दुहबी सुनसरी मैदानमा भिड्नेछन् बिहीबार हुने सेमिफाइनलको पहिलो खेलमा आयोजक फिदिम स्पोर्टिसँग विर्ता युनाईटेड क्लब झापा ११ को भिड्न्त हुने निश्चित भएको छ । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment