इलाम १० माघ ः राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एकाउन्न वर्ष पुरा गरेर बाउन्न वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा इलाम शाखामा भएको एक कार्यक्रमबिच एटिएम (अटोमेटिक टेलर मेसिन)को उद्घाटन गरिएको छ । एटिएमको इलामका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरेका हुुन् । बैंक शाखाको कार्यालयमा भएको कार्यक्रममा नेपाल बैंक लिमिटेडका शाखा प्रबन्धक मोहन निरौला, जिल्ला विकास समिति इलामका स्थानिय विकास अधिकारी धु्रवबहादुुर खड्का, उद्योग वाणिज्य संघ इलामका महासचिव दुुर्गा श्रेष्ठ (मदन), बैंकमा खाता संचालन भएका सेवाग्राही प्रतिनिधि टिका बरालले बैंकलाई सफलताको शुुभकामना ब्यक्त गरेका थिए । विक्रम संवत २०२२ सालमा नेपालमा स्थापना भएको बैंकको हाल ६८ जिल्लामा स्थापना भइ सकेको छ । मुुलुकमा एक सय एकहत्तर वटा शाखा रहेको र असी शाखामा एटिएम रहेको जनाइएको छ । इलामको सुुलुुबुुङ स्थित देउरालीमा वि.सं.२०४१ सालमा स्थापना भएको बैंक द्धन्दको समयमा वि.सं.२०५८ सालमा त्यहाँबाट विस्थापन भएको थियो । पुुनः इलाम सदरमुकाममा वि.सं.२०६५ सालमा स्थानान्तरण भएको बैंकले हाल सम्म पन्ध्र करोड रुपैंयाँ निक्षेप संकलन गरेको बैंकका शाखा प्रबन्धक ब्रद्रीप्रसाद भट्टराइले जानकारी दिए ।
उनका अनुुसार कृषि तथा ब्यापारको क्षेत्रमा करिब १६ करोड रुपैंयाँ कर्जा प्रवाह गर्दै गत आवको अन्त्यमा एक करोड २० लाख रुपैंयाँ नाफा गरेको र आचुु आवको हालसम्म (छ महिना) मा ५० लाख रुपैंयाँ खुुद नाफा आर्जन गरेको जनाइएको छ । सोमबार इलाम सदरमुकाममा बैंक शाखाका शाखा प्रवन्धक भट्टराईको अध्यक्षता तथा प्रजिअ दाहालको प्रमुुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्था लगायत ग्राहकको उपस्थिति रहेको थियो ।
0 comments:
Post a Comment