दानबारीकी सञ्चमाया बिर्तामोडमा लुटिइन

दानबारी, १० माघः एभरेष्ट बैंकबाट रकम झिकेर बाहिरिँदै गर्दा दिनदहाडै झापाको विर्तामोडमा एक महिला लुटिएकी छिन् । इलाम दानाबारी–३ निवासी सञ्चमाया लावती आइतबार दिउँसो लुटिएकी हुन् । उनका साथबाट एक लाख रुपैंयाँ लुटेर लगेको पीडित लावतीले बताइन् । एभरेष्ट बैंकबाट ८२ हजार रुपैंयाँ निकालेको र साथमा बोकेको बाँकी रकमसहित एक लाख रुपैंयाँ लुटेर लगेको बताइएको छ । कुममा काउसो दलेर एक व्यक्तिले उनलाई एभरेष्ट बैंक अगाडिबाट लुटेको बताइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment