अधिवेशन रोक्न युुनियनको माग (ज्ञापन पत्र सहित)

इलाम, ३ फागुुन: नेपाल पत्रकार महासंघ इलामको आगामी फागुुन ७ गते हुुने भनिएको जिल्ला अधिवेशन रोक्नुपर्ने माग नेपाल प्रेस युुनियन इलाम शाखाले गरेको छ । महासंघको नयाँ तथा नविकृत सदस्यताको टुङ्गो लगाउने सन्दर्भमा महासंघ नेतृत्वले गरेका अनेक अनियमितताका श्रृङखलावद्ध फेहरिस्तहरु उजागर भइरहेको भन्दै अधिवेशन रोक्न माग गरिएको युुनियन इलामका अध्यक्ष तोयानाथ भट्टराईद्धारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । गैर नेपाली नागरिकलाई दिएको सदस्यता स्विकृत गर्नेदेखि महासंघका विधी प्रक्रिया र अभ्यासहरुलाई लत्याएर दल विशेषका कार्यकर्ताहरुलाई सदस्यता दिने, नविकरण गर्ने कामहरुप्रति असहमति जनाउँदै संस्थागत र व्यक्तिगत रुपमा महासंघ नेतृत्वलाई अवगत गराउँदा गराउँदै त्यसलाई लत्याएर महासंघको अधिवेशनमा जाने कुराले महासंघको हेपाहा प्रवृति उजागर भएको समेत विज्ञप्तिमा उल्लेख छ ।
यस्तै नेपाल पत्रकार महासंघ इलाम जिल्ला शाखाको अधिवेशन पनि फागुन ७ गतेका लागि तोकिएको सार्वजनिक सञ्चार माध्यमबाट जानकारी भएको छ । नेपाल पत्रकार महासंघको विधान २०६० (चौथो संसोधन २०७३ सहित)को धारा ५ को सदस्यता प्राप्त गर्ने कार्यविधि अन्र्तगत उपधारा ८ मा ‘नयाँ सदस्यता स्विकृती, अनुमोदन, स्थानान्तरण गर्ने कार्य सम्बन्धित समितिको निर्वाचन हुनु भन्दा ६ महिना पहिला भई सक्नु पर्ने छ ।’ उल्लेख भएकोमा इलाम जिल्ला शाखाको ७ गते हुने भनिएको अधिवेशन विधान अनुसार नयाँ सदस्य स्विकृति अनुमोदन र स्थानान्तरणको सूची समेत नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयले इलाम शाखामा फागुन ३ गते सम्म पनि पठाउन नसकेकोले समस्या भएको भन्दै अधिवेशनको प्रक्रिया रोक्न माग गरिएको बताइएको छ । ‘सदस्यताको सूची माग गर्दा शाखाले उपलव्ध गराउन नसकेको परिपे्रक्ष्यमा आगामी फागुन ७ गते नेपाल पत्रकार महासंघ इलाम शाखाको अधिवेशन बिधानत हुन नसक्ने देखिएकाले निर्वाचनको सम्पूर्ण प्रक्रिया रोक्न, सम्वाद, सहमति र सहकार्यको वातावरण निर्माण गर्न आग्रह गर्दै यो ज्ञापन–पत्र पेश गर्दछौँ ।’ विज्ञप्तिमा उल्लेख छ । प्रेस विज्ञप्ति मंगलबार नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष रोहितचन्द्र भट्टराईलाई समेत दिँदै ध्यानाकर्षण गराएको छ । अध्यक्ष भट्टराईले केन्द्रले के निर्णय हुन्छ त्यसलाई आफुहरुले स्वीकार्नुु पर्ने धारणा ब्यक्त गरे ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment