फाल्गुनन्द सडक निर्माणको काम शुरु भएपछि स्थानीय आशावादी


इलाम, ४ फागुन: झापाको दमक हुँदै पाँचथरको रवि जोड्ने दमक–चिसापानी–रवि सडक (फाल्गुनन्द मार्ग) निर्माण कार्य सुरु गरिएको २० वर्ष सम्म पनि पुरा हुन नसक्दा सो क्षेत्रका बासिन्दाहरु प्रत्यक्ष प्रभावित भएका छन । गत आर्थिक वर्षमा उक्त सडकलाई नेपाल सरकारले पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेसँगै सडक निर्माण कार्यले गति लिएपछि भने स्थानीयमा केही आशा पलाएको छ । झापाको दमकदेखि इलामको लारुम्बा,    चिसोपानी हुदै पाँचथरको रविसम्म ४७ किलोमिटर सडक निर्माण सुरु गरिएको २० वर्ष सम्म पनि सडक निर्माण सम्पन्न हुन सकेको छैन । २०४९ सालमा मंसिर ६ गतेदेखि प्रारम्भिक सर्वेक्षण गरिएको सडक निर्माणको कार्यले तिव्रता पाएसँगै अब भने सडक निर्माणले पुर्णता पाउनेमा स्थानीय आशावादी देखिएका छन् । वषौंदेखी सडक निर्माण नहुँदा बर्खाको समयमा सो क्षेत्रका बासिन्दालाई अत्यन्त सास्ती हुने गरेको बाँझोका स्थानीय विशाल राई बताउँछन् । सडक निर्माणको हालसम्म ट्रयाक खोल्ने पुल नभएका स्थानमा पुल निर्माण गर्ने कार्य भई रहेको उपभोक्ता समितिका अध्यक्ष रेवतराज पुरी (गगन)ले जानकारी दिए । सडक डिभिजन कार्यालय दमकले यो सडकलाई छुट्टै योजनामा राखेर इलामको बाँझोमा कार्यालय स्थापना गरेसँगै आगामी वर्ष भित्रमा सवारीले खोलाको बाटो हिड्नु पर्ने बाध्यता अन्त्य हुने समितिका अध्यक्ष पुरी बताउँछन् । यो सडकलाई गत वर्ष सडक नेपाल सरकारले पहिलो प्राथमिकतामा राखेपछि पुनः डिपिआर तयार गरिएको छ । जसमा १ अर्ब १६ करोडको डिपिआर तयार पारिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । अहिले सम्म सडकको ११ प्रतिशत मात्र काम पूरा भएको बताइएको छ । अहिले सडकको निर्माण कार्यले गति लिई रहेको सडक डिभिजन कार्यालय दमकका प्रमुख राजेश यादवले बताए ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment